रिलायन्सको शेयर निष्कासन सम्बन्धमा सार्वजनिक लेखा समितिले काट्यो धितोपत्र बोर्डलाई पत्र

Jul 10, 2024 12:17 PM merolagani



रिलायन्सको शेयर निष्कासन सम्बन्धमा सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्डलाई पत्र काटेको छ। कम्पनीले बुक बिल्डिङ विधिबाट निष्कासन हुन लागेको शेयरको विषयमा सञ्चार माध्यममा आएका विषय बस्तु प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै समितिले पत्र काटेको हो।

‘रिलायन्स स्पिनिङ मिल्सले हालै मात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई बुक बिल्डिङ प्रक्रियामार्फत उक्त कम्पनीको आइपिओ जारी भएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारको विषयप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ,” समितिले काटेको पत्रमा उल्लेख छ।  

समितिले काटेको पत्रको जबाफ सात दिन भित्र दिन बोर्डलाई भनेको छ। समितिले काटेको पत्रमा बुँदागत रुपमा केही विषय स्पष्ट पार्न समेत भनेको छ।

समितिले धितोपत्र बोर्डलाई सोधेका प्रश्न यस प्रकार छन्

१. उक्त कम्पनीको आधार मूल्य के आधारमा तय गरिएको हो ? चुक बिल्डिङमा आउने कम्पनीको आधार मूल्य तय गर्ने अधिकार कसलाई छ र यसको प्रक्रिया के हो ?

२. रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङमा आइपिओ ल्याउँदा अर्थात् गत आर्थिक वर्षमा आफ्नो वित्तीय विवरणमा प्रतिसेयर आम्दानी ५४ रुपैयाँ ३४ पैसा रहेको उल्लेख गरेको थियो तर अहिले एक वर्ष नपुग्दै उक्त आम्दानी घटेर २ रुपैयाँ ०८ पैसामा सीमित भएको छ । अर्थात् यसअघि वित्तीय विवरण तयार गर्दा Manipulation भएको अनुमान गर्न किन नसकिने ?

३. सर्वसाधारण र संस्थागत लगानीकर्तालाई कम्पनीको तर्फबाट जारी गरिएको आहान पत्रमा वित्तीय विवरणको प्रक्षेपण आर्थिक वर्ष २०७९।८० मा प्रतिसेयर आम्दानी ५४.३४ रुपैयाँ, आर्थिक वर्ष २०८०/८१ मा ३२.९० रुपैयाँ, २०८१/८२ मा ३२.८९ र २०८२/८३ मा ५३.९३ रुपैयाँ रहेकोमा कम्पनीबाट प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चैत्रसम्मको वित्तीय विवरणमा प्रतिसेयर आम्दानी रुपैयाँ २.०८ मात्र देखाएको हुँदा प्रक्षेपित विवरण र वास्तविकतामा सामञ्जस्ययता नदेखिएको हुँदा सो सम्बन्धमा के भएको हो सोको स्पष्ट जानकारी उपलब्ध गराइदिनुहुन।

 ४. उक्त कम्पनीमा बुक बिल्डिङका लागि विड गर्न योग्य संस्थागत लगानीकर्ताको उक्त कम्पनी वा कम्पनीका सञ्चालकहरूसँग स्वार्थ बाझिएको छ कि छैन ? बुक बिल्डिङमा कुन संस्थागत लगानीकर्ताले कति मूल्यमा कति कित्ता सेयरका लागि आवेदन दिएका थिए सोको समेत विस्तृत विवरण उपलब्ध गराइदिनुहुन।

५. कम्पनीले तीन वटा आर्थिक वर्षमा फरक फरक प्रतिसेयर आम्दानी (हरेक आ.व. मा घट्‌दै गएको। सार्वजनिक गरेको देखिएकोले सर्वसाधारण लगानीकर्ताको लगानी सुरक्षा सम्बन्धमा नेपाल धितोपत्र वर्डको धारणा के हो ? 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।