अर्थमन्त्रीमा विष्णु पौडेल निर्विकल्पजस्तै बने, शंकर पोखरेल र सुरेन्द्र पाण्डे संसद सदस्य नरहेपछि पौडेलको सम्भावना बलियो बन्याे

Jul 11, 2024 03:06 PM Merolagani



एमालेबाट अर्थमन्त्रीमा उपाध्यक्ष विष्णु पौडेल निर्विकल्पजस्तै बनेका छन् । एमालेका महासचिव शंकर पोखरेल र नेता सुरेन्द्र पाण्डे संसद सदस्य नरहेकाले पौडेल निर्विकल्पजस्तै बन्न गएका हुन् ।

एमालेबाट अर्थमन्त्री बन्न सक्ने सम्भावित पात्रको खोजी गरिएको छ । तर, अर्थमन्त्री बन्ने पात्र पौडेलबाहेका अरु नदेखिएका एमालेका एक उच्च नेताले बताए । ‘अहिलेको अर्थतन्त्रलाई सहीबाटो डोप्याउने व्यक्तिको खोजी भइरहेको छ,’ ती उच्च नेताले भने, ‘अनुभवी र परिस्थिति झेल्न सक्ने व्यक्ति पौडेल बाहेक कोही देखिएनन् ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि विश्वासको मत लिदैछ । भोलि अर्थात असार २८ गते दिउसो प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रचण्ड नेतृत्वको सरकारले संसदमा विश्वासको मत पाउने सम्भावना नदेखिएकाले मुलुकले आइतबारसम्म नयाँ सरकार पाउने सम्भावना छ ।

नेकपा एमाले र काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएका छन् । अर्थमन्त्रालय एमालेको भागमा परेको छ । एमाले भित्र अहिले अर्थमन्त्री हुन लायक नेताको खोजी भइरहेको छ । तर, विष्णु पौडेल बाहेका अरुको बिकल्प नदेखिएको एमालेका नेताहरु बताउँछन् ।

नेपाली कांग्रेस र नेकपा एमालेबीच बराबरकाे हैसियतमा मन्त्रालयको भागबण्डा हुने सहमति भएकाे छ । तर, एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा भइनसकेको भन्दै को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताउँदै आएका छन् ।

उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए । त्यसका लागि सामान्यतः संसदकाे सिटका आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने पनि एमालेका अध्यक्ष ओलीले बताए ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।