‘प्रचण्ड’ को सरकार ढल्यो, ओली नेतृत्वमा नयाँ सरकार बन्ने

Jul 12, 2024 05:22 PM Merolagani



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वको सरकार ढलेको छ । दाहालले प्रतिनिधि सभाबाट शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेका कारण उनको नेतृत्वको सरकार ढलेको हो । अब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बन्ने भएको छ । नेकपा एमालेले नेपाली कांग्रेससँग गठबन्धन गरेसँगै नयाँ सरकार बनेको हो ।

कुल २ सय ५८ सांसद उपस्थिति रहेका थिए । त्यसमध्ये नेपाली कांग्रेसको ८८, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७९, जनता समाजवादी पार्टीको सात, जनता समाजवादी पार्टी नेपालको पाँच, जनमत पार्टीको चार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार र नागरिक उन्मुक्ति पार्टीको चार सांसदले दाहाल सरकारको विपक्षमा भोट हालेका छन् । यसैगरी, प्रतिनिधि सभामा १४ सिट रहेको राप्रपाले पनि नयाँ गठबन्धन सरकारको पक्षमा भोट हालेको छ । साथै राष्ट्रिय जनमोर्चाको एक सांसदले पनि सरकारको विपक्षमा भोट हालेका छन् । सरकारको विपक्षमा कुल १९४ मत परेका छन् ।

गठबन्धनमा दुई तिहाई बहुमत पुगिसकेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १० गरि ६३ मत प्रधानमन्त्री दाहालको पक्षमा भोट हालेका थिए ।

आज साँझदेखि नयाँ सरकार गठनको प्रकृया शुरु हुनेछ । प्रधानमन्त्री दाहालले राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्नको लागि आव्हान गरेका छन् । त्यो आधारमा राष्ट्रपतिसँग नयाँ सरकार गठनको दावी गरिने र आइतबार भित्र नयाँ सरकारले पूर्णता पाइसक्ने छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।