सैनिक कल्याणकारी कोषमा थुप्रियाे ७६ अर्ब पैसा

Jul 19, 2024 12:23 PM Merolagani



एक वर्षमा सैनिक कल्याणकारी कोषको नगद मौज्दात ४ अर्ब बढीले वृद्धि भएको छ । बिहीवार सैनिक कल्याणकारी कोषले आर्थिक वर्ष २०८०/०८१ मा कोषले गरेका गविधि सार्वजनिक गर्दै पछिल्लो एक वर्षमा ४ अर्ब ८५ करोड २७ लाख रुपैयाँ नगद मौज्दात वृद्धि भई ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ पुगेको जनाएको हो ।

सैनिक कल्याणकारी कोषको गत २०८० असारमसान्तसम्म ७१ अर्ब ५ करोड ६१ लाख मौज्दात रहेकोमा एक वर्षमा ४ अर्ब बढीले वृद्धि भएको कोषले जनाएको छ । कोषले एक वर्षसम्म गरेको ६ अर्ब ९७ करोड ८६ लाख लगानी समेत जोड्दा कोषको वास्तविक सम्पति ८२ अर्ब ८८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

कोषका अनुसार ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ मध्ये वाणिज्य बैंकमा ७५ करोड ७६ लाख ९ हजार २९१, विकास बैंक ४४ हजार ४०३ र वित्त कम्पनीमा ९५ हजार १२७ गरी ७५ करोड ९० लाख ८ हजार ८२१ रुपैयाँ रहेको छ । नेपाली सेनाले सैनिक कल्याणकारी कोषमार्फत सरकारलाई रोजगारी अवसर,रावश्वमा योगदान,विष्फोटक पदार्थमा आत्मनिर्भर,दक्ष जनशक्ति उत्पादन र सर्वसारणलाई निःशुल्क औषधि उपचारमा योगदान गर्दै आएको जनाएको छ ।

कोषले सरकारलाई वार्षिक १ अर्ब रुपैयाँ बराबरको राजश्वमा योगदान दिँदै आएको जानकारी कोषले दिएको छ । बिष्फोटक पदार्थमा आत्मनिर्भर बनाउँदै अतिरिक्त बिष्फोटक पदार्थ आयात गर्न लाग्ने विदेशी मुद्रा समेत सञ्चित गरेको दाबी सैनिक कल्याणकारी कोषको छ




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।