त्रिशूली नदीमा बेपत्ता दुई बसका ६५ यात्रुमध्ये २३ को शव फेला, २ शव भारतमा भेटिए

Jul 19, 2024 01:56 PM Merolagani



सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसमा रहेका ६५ यात्रुमध्ये थप २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । यसरी शुक्रबारसम्ममा २३ जनाको शव फेला परेको छ ।

बिहिबार राति साढे ९ बजे भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले २ शव फेला पारेको हाे ।भारतको चम्पारण नगाहाकाे नारायणी नदीमा २ वटा शव भेटिएको हो । भेटिएका शवमध्ये एउटा शव ल्याइसकिएकाे छ भने अझै एउटा ल्याउन बाँकी रहेको छ । यद्धपि शवकाे सनाखत भइसकेकाे छैन ।

गत असार २८ गते, बिहान साढे ३ बजे चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले २ वटा बस बगाएकाे थियाे ।

पहिरोमा परेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर गइरहेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा बगेको थियो । 




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।