विवादमा मुछिएकी उपसभामुख इन्दिरासँग रास्वपाले थाल्यो सोधपुछ

Jul 19, 2024 02:57 PM Merolagani



आफूसहित छ जनाको भिसाको अन्तरवार्ताको समय मिलाइदिन काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी उपसभामुख इन्दिरा रानामगरसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोधपुछ सुरु गरेको छ । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा गम्भीर विवादमा मुछिएपछि रास्वपाले यसबारे आन्तरिकरुपमा सोधपुछ थालेको हो ।

‘उपसभामुख रानासँग समेत सोधपुछ गर्न थालेका छौं,’ रास्वपाका एक नेताले भने, ‘छानबिनपछि आएको निष्कर्षका आधारमा आगामी कदम चाल्ने छौं ।’

भिसाको अन्तरवार्ताको समय दूतावासलाई लेखेको पत्र सार्बजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन, राजीनामा दिन समेत दबाब पनि बढेको छ ।

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित ६ जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तरवार्ताको मिति मिलाइदिन आग्रह गरेकी थिइन् ।

उपसभामुख रानामगरले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भएपनि उनले सिफारिस गरेका व्यक्तिहरु संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तरवार्ताको लागि सिफारिस गरेकोले उनको नियतमाथि प्रश्न उठेको हो । असम्बन्धित व्यक्तिलाई भिसाको समय मिलाइदिन ‘लेटर’ लेखेपछि उपसभामुख इन्दिरा विवादमा परेकी हुन् । उनलाई राजीनामा दिन दबाब बढ्दै गएको छ ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।