तीन विपक्षी दलले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

Jul 19, 2024 05:58 PM Merolagani



तीन विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएका छन् । उक्त निर्णय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठकले गरेको हो ।

तीन दलकाे बैठकले आइतबार विश्वासको मत नदिने निर्णय गरेकाे हाे । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्ने भएपनि ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक भन्दै उक्त निर्णय गरिएकाे हाे ।