आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

Jul 21, 2024 08:36 AM Merolagani



प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज, आइतबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे बैठक बोलाइएको छ।

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति अनुसार उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।

विश्वासको मत प्राप्त गर्न उनलाई कम्तीमा १३८ मत पाउन आवश्यकता पर्दछ। २७५ सदस्यीय प्रतिनिधि सभामा ओलीसँग कांग्रेसको ८८, एमालेको ७९, जसपाको ७, लोसपाको ४ सिट सहित दुई तिहाई बहुमत देखिएको छ। त्यसैगरी, जनमत, नागरिक उन्मुक्ति लगायतका दलले पनि उनलाई समर्थन गर्ने बताएका छन्।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने उनको विपक्षमा मत दिनेछन्।




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।