हिमालयन डिष्टिलरीको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2024 07:44 AM Merolagani



हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३५ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.५५ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीले ६६ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालन आम्दानी घटेसँगै कम्पनीको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २६.५२ प्रतिशत घटेको छ भने कुल नाफा ३०.३९ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी २७.१८ प्रतिशत र सञ्चालन मुनाफा ४४.११ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १३ रुपैयाँ ९८ पैसा घटेर १३ रुपैयाँ २१ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ १० पैसा रहेको छ।

२ अर्ब ६७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६७ करोड ८ लाख रुपैयाँ सञ्चित छ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।