२२ वर्षे युवाद्धारा २२ अर्ब घोटाला, भारतीय पूँजी बजारमा बिशाल फुकनले मच्चाएको सनसनी

Sep 05, 2024 06:28 PM mero lagani



शेयर बजारमा ‘स्क्याण्डल’ मच्चिनु ठूलो कुरा मानिदैन । तर भारतीय शेयर बजारमा अहिले एक जोडी युवाले जसरी ठगी गरेको घटना सार्वजनिक भएको छ, त्यसले भने भारतका लगानीकर्ता र पूँजीबजारका नियामक निकायहरुको होस उडाइदिएको छ । 

एउटा २२ वर्षको युवाले अर्की एकजना महिलासँग मिलेर पूँजी बजारमा यति ठूलो घोटाला कसरी गर्न सके ? यो प्रश्नले धेरैको दिमाग तताएको छ ।

भारतको असामका २२ वर्षीय विशाल फुकनले २२ अर्व भारतीय रुपैंया बराबरको घोटाला गरेका छन् । फुकनले सुमीसँग मिलेर फर्मास्युटिकल्स, फिल्म निर्माण, निर्माण र शेयर बजारसँग सम्वन्धित कम्पनी संचालन गरिरहेका थिए । त्यसक्रममा केही समय अगाडि असाममा रहेको डिवी स्टक ब्रोकिङ्ग कम्पनीका मालिक दिपकंर वर्मनमाथि शेयर बजारमा ‘मेनुप्लेट’ गरेको आरोप लाग्यो र उनी फरार भए । उनलाई खोज्ने क्रममा प्रहरीले बिशाल र सुमीले गरेको ठगी फेला पार्यो ।
बिशालका करतुतहरु खुलेपछि प्रहरी चकित पर्यो । किनकी प्रहरीले एउटा २२ वर्षिय ठिटोले त्यो तहको वित्तीय अपराध गर्छ भनेर कल्पना नै गरेको थिएन । विशाल र आफ्नी एक जना दिदी नाता पर्ने सुमी बोरासँग मिलेर करिब सुमी मिलेर शेयर बजारका बारेमा नियोजितरुपमा अनेक हल्ला फैलाउँथे ।

कहिले कुनै कम्पनीको शेयर २ महिना भित्रै ३० प्रतिशतसम्म बढ्दैछ भन्ने हल्ला फैलाउँथे भने कहिले घट्दैछ भनेर हल्ला फैलाउँथे । अनि मानिसहरु हल्लाको पछाडि दौडिएको मौका पारेर आफूहरुले त्यसमा ‘खेल्थे’ । त्यसबाट बिशालले केही समयको अवधिमा भारु २२ अर्ब रुपैँया घोटाला गरेको आसाम प्रहरीको दावी छ । प्रहरीले बिशाल कालो धनलाई सुद्धिकरण गर्ने (मनी लण्डरिङ्ग) को काम समेत गर्ने गरेको आशंका गरेको छ ।

बिशाल गत साता पक्राउ परेका छन् तर सुमी भने फरार छन् । असाम प्रहरीले विभिन्न प्रान्तका प्रहरीको सहयोगमा सुमीलाई खोजिरहेको छ तर अहिलेसम्म उनी फरार छन् । असामका मुख्यमन्त्री हेमन्त विश्वा शर्माले विशाल र सुमीले गरेको घोटालाले भारतीय पूँजी बजारको आँखा खोलिदिएको बताउँदै यो घटनाको वास्तविकता सार्वजनिक गरेरै छोड्ने अठोट व्यक्त गरेका छन् ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।