शेयर बजार सुरुवातमा पोजेटिभ तर अन्तिम आधा घण्टामा किन नेगेटिभ भइरहेको छ ? यसो भन्छन् जानकार

Sep 12, 2024 06:09 AM merolagani



केही दिन यता शेयर बजारमा एउटै कुरा दोहोरिन थालेको छ। त्यो भनेको शेयर बजार खुल्दा पोजेटिभ भएर खुल्ने तर अन्तिम आधा घण्टामा भने तीव्र गतिले घट्ने गरिरहेको छ।

बुधवार शेयर बजार बढेर २६ सय ५० अंकसम्म उक्लियो। त्यस पछि भने सूचक माथिल्लो बिन्दुमा नै टिक्न सकेन। बिस्तारै खुम्चिन सुरु गर्‍यो। तर धरै तलसम्म आएन। कहिले रातो त कहिले हरियो हुने क्रम भने कारोबारको अधिकांश समय देखियो। तर जब घडीमा साढे दुई बज्यो त्यसपछि भने बजार तीव्र गतिमा घट्न थाल्यो। अन्तिम आधा घण्टाको सेलिङ प्रेसर बजारले बुधवार पनि थाम्न सकेन। अन्तिममा सूचक २२.७३ अंकले घटेर २६१०.२१ अंकमा आएर बन्द भयो। अन्तिम पाँच मिनेटमा थाेरै बजार माथि तिर उक्लिन खोजेको कारण उक्त बिन्दुमा कारोबार बन्द हुन पुगेको हो। नभए सूचक २६०२ अंकसम्म झरेको थियो।

यसरी अन्तिम आधा घण्टामा सूचक घटेको बुधवार मात्रै होइन। साताको पहिलो दिनदेखि नै यो क्रम दोहोरिँदै आइरहेको छ। यसरी अन्तिम आधा घण्टमा बजारमा किन सेलिङ प्रेसर आइरहेको भन्ने प्रश्नमा नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाट भन्छन् “आइतबार देखि नै बजार फर्किने प्रयास गरिरहेको देखिन्छ। तर फर्किन सकिरहेको छैन। कारण भनेको त्यही अन्तिम आधा घण्टाको सेलिङ प्रेसर हो। मास साइकोलोजीको प्रभावले अन्तिम आधा घण्टाको सेलिङ प्रेसर आइरहेको अनुमान गर्न सकिन्छ। अन्तिममा बजार थोरै रातो हुने बित्तिकै लगानीकर्ताको मनोबल थप खस्किने गरेको छ। जसले गर्दा सेलिङ आइरहेको हो। लगानीकर्ताको कन्फिडेन्स दिन प्रतिदिन लुज हुँदै गएको रुपमा यसलाई लिनु पर्छ ।”

अहिले लगानीकर्ता बजार फेरि बियरिस ट्रेन्डमा जान थालेको भन्दै डराउन थालेका छन्। जसले गर्दा मास सइकोलोजी नै नेगेटिभ बन्दै गइरहेको छ। जसले गर्दा हरेक दिन सूचकमा प्रेसर बढ्दै गइरहेको छ। फेरि बजार १८ सयको लाइनमा नै आउँछ कि भन्ने चिन्ता लगानीकर्तामा देखिन थालेको छ। तर के बजार पुनः १८ सयको लाइनमा नै आउने सम्भावना छ भन्ने अर्को प्रश्नमा रानाभाट भन्छन् ”पहिले र अहिलेको सिचुएसन नै फरक छ। जसले गर्दा बजार पुनः १८ सयकै लाइनमा आउँछ भन्ने अनुमान गर्नु हुँदैन। किनकि अहिले पनि ब्याजदर तल नै छ। राजनीतिक माहौल पोजेटिभ नै छ। अर्को तर्फ तरलता अझै पर्याप्त छ। अहिले नभएको भनेको लगानीकर्तामा कन्फिडेन्स हाे। जुन एक दुई दिन बजार हरियो हुने बित्तिकै फर्किन्छ। त्यसले गर्दा अहिले अत्तालिएर सस्तोमा शेयर बिक्री गर्ने भन्दा होल्ड गर्नु बेस हुन्छ।”




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।