९ वाणिज्य बैंकहरुले ब्याजदर घटाउँदा २ बैंकले बढाए, कुन बैंकको बढ्यो? कुनको घट्यो?

Sep 16, 2024 09:24 AM Merolagani



हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये ९ वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर घटाएका छन् भने २ वाणिज्य बैंकहरुले घटाएका छन्। बैंकहरुले असोज महिनाका लागि प्रकाशित गरेको नयाँ ब्याजदर सूचना अनुसार यस्तो देखिएको हो।

भदौ महिनाको तुलनामा एनएमबि बैंक, कुमारी बैंक, प्राइम कमर्सियल बैंक, सानिमा बैंक, नेपाल एसबिआई बैंक, नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर घटाएका छन्। यस्तो ब्याजदर बढाउने बैंक भने कृषि विकास बैंक र नेपाल बैंक लिमिटेड रहेका छन्। बाँकी ९ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

यससँगै बैंकहरुको औषत ब्याजदर पनि घटेको छ। भदौ महिनामा ६.५२ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर, असोजमा ०.१३ प्रतिशतविन्दु घटेर ६.३९८ प्रतिशत विन्दुमा झरेको छ।

 



‘देशमै बस्नुभन्दा भारत गएर बस्दा सुरक्षित महसुस हुन्छ’

May 17, 2026 02:36 PM

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्रमा गम्भीर संकट उत्पन्न भएको बताएका छन् ।