भ्रष्टचारीको संरक्षण गर्ने नेतालाई सिख समुदायको सजायः पदबाट बर्खास्तदेखि भाँडा माझ्नेसम्म

Dec 03, 2024 02:47 PM mero lagani



राजनीतिक नेता र भ्रष्टाचार वा भ्रष्टाचारीको संरक्षण एक अर्काको परिपुरक मानिन्छन् । राज्यले समेत अधिकाँश अवस्थामा तिनैलाई संरक्षण गर्छ । यस्तो अवस्थामा समाजले के गर्ने ? देशले के गर्ने ?

यस्को जवाफ भारतको पंजावका सिख समुदायले सोमबार दिएको छ, जुन नेपाल र नेपालीको लागि पनि अनुकरणयोग्य हुन सक्छ ।

सिख समुदायको धार्मिक संस्था अकाल तख्तको सोमबारको बैठकले पंजावका पूर्व उपमुख्यमन्त्री तथा अकाली शिरोमणी दलका अध्यक्ष सुखबिर सिंह बादललाई विवादास्पद धर्मगुरु राम रहिमका अपराध कर्ममा साथ दिएको आरोप लगाउँदै पार्टी अध्यक्षबाट राजीनामा दिन आदेश दिएको छ । त्यतिमात्र होइन, उनलाई एक दिन अमृतसरमा रहेको सिखहरुको ऐतिहासिक मन्दिर, स्वर्ण मन्दिरमा दर्शनार्थीको जुत्ता सफा गर्न आदेश दिइएको छ । एक दिन दर्शनार्थीले खाएको भाडा माझ्न र एक दिन ट्वाइलेट सफा गर्न र किर्तन सुन्न आदेश दिइएको छ ।

अकाल तख्तले ३ महिना अगाडि नै सुखविर सिंहलाई तनखैया (धार्मिक अपराधी) घोषणा गरेको थियो । त्यतिबेला सजाय पछि सुनाउने घोषणा गरिएको थियो । त्यहीअनुसार सोमबार सजाय तोकिएको हो ।

सजाय सुन्नको लागि सुखविर सिंह वादल आफै ह्रिवलचेयरमा फसिल (मन्च) मा उपस्थित भएका थिए । केही दिन अघि खुट्टा भाँचिएर ह्विलचेयरमा हिडिंरहेका सुखविर सिंहले आफूले गरेको गल्तीको सजाय पाएको बताउँदै त्यसलाई स्विकार गर्ने बताएका छन् । खुट्टा भाँचिएकोले त्यो ठीक भएपछि आफूले त्यसलाई कार्यान्वयन गर्ने बताएका छन् ।

बादल परिवार पन्जावको राजनीतिमा सदावहार शक्तिशाली मानिन्छ । सुखबिरका पिता प्रकाशसिंह बादल निकै वर्ष पंजावको मुख्यमन्त्री भएका थिए भने सुखविर आफै पनि सन् २००७ देखि १७ सम्म उपमुख्यमन्त्री थिए । त्यही बेला उनले विवादास्पद धर्म गुरु राम रहिमलाई विभिन्न रुपमा सहयोग गरेका थिए । त्यही घटनालाई सिख समुदायको धार्मिक संस्था अकाल तख्तले गम्भिररुपमा लिंदै उनलाई धार्मिक अपराधी घोषणा गरेर कारवाही गरेको हो ।

नेपालमा पनि विभिन्न धार्मिक सम्प्रदाय र जात जातीका संघ संगठन छन् । तिनीहरुले आफ्नो समुदायका कुनै व्यक्तिले गरेको भ्रष्ट कृयाकलापलाई यसैगरि भण्डाफोर गरेर दोषीलाई आफ्नो जाती, समुदाय र धर्मको अपराधी घोषणा गर्दै कारवाही गर्ने हो भने भ्रष्टाचारमा निकै ठूलो सहयोग पुग्ने निश्चित छ ।

के त्यसो गर्न नेपालका धार्मिक र जातिय संघ संस्थाहरु तयार छन् ? यो प्रश्नको जवाफ भने सजिलो छैन ।

 




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।