मञ्जुश्री फाइनान्सको नगद लाभांश घोषणा

Dec 09, 2024 10:19 AM Merolagani



मञ्जुश्री फाइनान्स (MFIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको ६.३५ प्रतिशत (कर प्रयोजनार्थ सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।