बैंकहरुको ब्याजदर घट्यो कि बढ्यो? कुनै बैंकले कति दिन्छ ब्याज?

Dec 15, 2024 07:52 AM Merolagani



वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। सूचना अनुसार केही बैंकहरुले ब्याजदर मंसिरको तुलनामा बढाएका छन्, केहीले घटाएका छन् भने अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

२० वाणिज्य बैंकहरुमध्ये १४ वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन्। त्यस्तै, ३ बैंकहरुले यस्तो ब्याजदर घटाएका छन् भने ३ बैंकहरुले ब्याजदर बढाएका छन्।

व्यक्तिगत मुद्दति निक्षेपमा पुस महिनामा सबैभन्दा ब्याज दिने बैंक एनआईसी एशिया बैंक रहेको छ। सो बैंकले अधिकतममा ६.६ प्रतिशत ब्याज दिने भएको छ। यद्यपि, बैंकको ब्याजदर मंसिरको तुलनामा ०.१९ प्रतिशतविन्दु घटेको हो। यस्तो खातामा सबैभन्दा कम ब्याज दिने बैंक भने लक्ष्मी सनराइज बैंक रहेको छ। सो बैंकले पुस महिनामा अधिकतममा ५.५ प्रतिशत ब्याज दिनेछ।

कुन बैंकको ब्याजदर कति?




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।