शेयर बजार ओरालो गतिमा रहेका बेला अर्थमन्त्री पौडेलले पत्रकार सम्मेलन गर्दै, ओलीकै बोली बोल्लान कि फरक ?

Jan 19, 2025 12:29 PM Merolagani



अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार निरन्तर ओरालो लागिरहेको बेला पत्रकार सम्मेलन गर्न लागेका छन् । आज दिउसो २ः३० बजे उनले अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै छन् । अर्थमन्त्रीले पत्रकार सम्मेलनलाई ‘पत्रकार भेटघाट’ भनेका छन् ।

शेयर बजारमैत्री मानिएका अर्थमन्त्री पौडेल नियुक्ति भएसँगै शेयर बजार उकालो लागेको थियो । तर, अहिले निरन्तर रुपमा शेयर बजार घटिरहेको छ ।

अर्थमन्त्री पौडेलकै पालमा दुई पटक नेप्सेले नयाँ उचाइ चुमेको थियो । ३२ सय नजिक पुगेका नेप्से अहिले २६ सय भन्दा तल आइपुगेको छ ।

निरन्त रुपमा नेप्से घटनुलाई लगानीकर्ताहरुले अर्थमन्त्री पौडेलको कार्यक्षमताको कमी भनिरहेका छन् । आफू अनुकुलका गभर्नर र धितोपत्र बोर्डका अध्यक्ष हुँदा समेत शेयर बजारले गति लिन नसक्नुलाई बिडम्बना नै मानिएको छ ।

अर्थमन्त्री पौडेले आज पत्रकार सम्मेलनमा नियुक्ति भएको ६ महिनमा गरेका कामका बारेमा ‘बिफ्रिङ’ गर्ने सम्भावना रहेको छ । शेयर बजार मैत्री मानिएका उनले घटिरहेको शेयर बजारका बारेमा के बोल्ने हुन लगानीकर्ताहरु भने त्यसको प्रतिक्षा गरिरहेका छन् ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पुँजी बजार सकारात्मक गतिमा रहेको उल्लेख गरेका थिए ।

कुनै बेला ३२ सय नजिक पुगेको नेप्से अहिले घटेर २५ सय अंकका लाइनमा छ । पुँजी बजार सुधारका काम नभएका कारण लगानीकर्ता हतोत्साहित हुँदा नेप्से ओरालो लाग्न पुगेको कुरा कसैले लुकाउन सक्ने अवस्था छैन् ।

तर, यता नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले भने शेयर बजार सकारात्मक सुधार हुँदै आएको प्रतिवेदनमा उल्लेख गरेका थिए ।

बास्तविक बजार र उनको प्रतिवेदन ठिक विपरित छ । अर्थात नेप्से घटेको छ तर ओलीको प्रतिवेदनमा ‘पुँजी बजारमा सकारात्मक सुधार हुँदै आएको छ’ भनिएको थियो ।

ओलीको राजनीतिक प्रतिवेदनमा पछिल्लो समसामयिक राजनीति, सरकार गठन भएपछिको ६ महिने समीक्षा, सरकार सञ्चालन, अर्थतन्त्र लगायतका विषयमा उल्लेख गरिएको थियो । अर्थमन्त्री पौडेले पनि आफू नियुक्ति भएको ६ महिनाको कामको फेहरिस्त प्रस्तुत गर्ने सम्भावना रहेको छ ।

यता लगानीकर्ताहरु भने आज अर्थमन्त्रीले पत्रकार सम्मेलनमा शेयर बजारका बिषयमा ओलीकै बोली बोल्ने हुन कि फरक शैलीमा प्रस्तुत ब्याग्र प्रतिक्षा गरिहेका छन् ।




comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।