बेलायतका पूर्व गभर्नर मार्क कार्नी क्यानडाको प्रधानमन्त्री बन्दै, विश्वको इतिहासमा आठौँ आश्चर्य !

Mar 10, 2025 11:16 AM mero lagani



कुनै भवितव्य भएन भने अबको ६ दिन पछि अर्थात मार्च ९मा विश्वको राजनीतिक र आर्थिक इतिहासमा एउटा अचम्मको घटना घटनेछ, त्यस्तो घटना जुन विश्वमा अहिलेसम्म भएकै थिएन र सम्भवतः भविश्यमा पनि हुने छैन ।

र, यो इतिहास रच्दैछन् बैंक अफ इङ्गल्याण्डका पूर्व गभर्नर मार्क कार्नीले । सन् २०१३ देखि २०२० सम्म बेलायतको केन्द्रीय बैंक अर्थात् बैंक अफ इङ्गल्याण्डको गभर्नर रहेका कार्नी मार्च ९ तारिखमा क्यानडाको प्रधानमन्त्री बन्दैछन् ।

लिबरल पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा पूर्व वित्त मन्त्री क्रिस्टिया फ्रील्याण्डलाई हराउँदै विजयी भएपछि कार्नी प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको हो । उनले हालका प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिनेछन् ।

‘राष्ट्रवादको हावा’ चलिरहेको बर्तमान समयमा एउटा देशको केन्द्रीय गभर्नर भएको व्यक्ति अर्काे देशको प्रधानमन्त्री बन्नु कुनै आठौं आश्चर्य भन्दा कम छैन । तर, कार्नीको लागि त्यो ठूलो कुरा नहुन सक्छ । किनकी उनी बेलायतको मात्रै होइन, क्यानडाको केन्द्रीय बैंक (सेण्ट्रल बैंक अफ क्यानडा)को पनि गभर्नर भइसकेका छन् ।

सन् २००८ देखि २०१३ सम्म क्यानडाको गभर्नर रहेका उनी त्यहाँबाट अबकास पाएको केही दिनमै बेलायतको केन्द्रीय बैंकका गभर्नर बनेका थिए । सन् २०२०मा त्यहाँबाट अबकाश पाएका थिए ।

२००८ देखि शुरु भएको मानिएको विश्वव्यापी आर्थिक मन्दीलाई क्यानडामा प्रभाव कम गर्न कार्नीको भूमिका ऐतिहासिक रहेको चर्चा गर्ने गरिन्छ । त्यसैको प्रतिफलस्वरुप उनी बेलायतको गभर्नर बनेका थिए र त्यहाँ पनि निकै राम्रो प्रभाव छोडेका थिए ।

 क्यानडा, बेलायत र आयरल्याण्ड गरी तीन देशको नागरिक रहेका ५९ वर्षिय कार्नी जन्मले भने क्यानेडियाली नै हुन् ।

शायद दुई देशको गभर्नर लगायतका विभिन्न पदमा रहेर निर्वाह गरेको प्रभावकारी भूमिकाकै कारण उनी क्यानडाको राजनीतिमा प्रवेश गरेको केही वर्षमै प्रधानमन्त्री बन्दैछन् ।

विश्वव्यापीरुपमा ‘राष्ट्रवादी राजनीति’को हावा फैलिरहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई आफ्नो ५१ औं प्रान्त बनाउने घोषणा गरिसकेको अवस्थामा कार्नीको प्रधानमन्त्रीत्वकाल कस्तो रहला ? त्यो भने अहिले नै भन्न सकिन्न ।




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।