सुनको मूल्य ऐतिहासिक उचाईमा

Mar 14, 2025 10:50 AM Merolagani



चैत्र १ गते, शुक्रबार, नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक उचाई कायम गरेको छ । यस दिन सुन मूल्य प्रतितोला चार हजार रुपैयाँले बढेर नयाँ रकर्ड कायम गरेकाे हाे।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत बुधबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत फागुन १३ गते कायम उचाई एक लाख ७१ हजार ३०० रुपैयाँको उचाईलाइै ब्रेक गर्दै नयाँ उचाई बनाएको हो ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला दुई हजार ५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत बुधबार चाँदी प्रतितोला दुई हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।