दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM mero lagani



अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।

स्रोतका अनुसार पौडेल र ओलीमात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ गभर्नर कसलाई बनाउने भन्ने बारेमा सिफारिस समिति गठन हुनु अघि नै मोटामोटी सहमति भइसकेको थियो । त्यही सहमति अनुसार सिफारिस समितिले एकजना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्दैछ ।

सिफारिस समितिको संयोजकमा अर्थमन्त्री पौडेल तथा सदस्यहरुमा पूर्व गभर्नर विजयनाथ भट्राई र देउवा निकट अर्थशास्त्री विश्व पौडेल सदस्य रहेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ गभर्नर पनि अधिकारी नै हुनेछन् । तर उनी महाप्रसाद नभएर प्राध्यापक डा. शिवराज अधिकारी हुन् ।

जो हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् । पदीय हिसाबले गभर्नर भन्दा योजना आयोगको उपाध्यक्ष माथि भए पनि कार्यकारी महत्वको आधारमा गभर्नर पद महत्वपूर्ण मानिन्छ । यस अघि डा. युवराज खतिवडा पनि योजना आयोगको उपाध्यक्ष छोडेर गभर्नर बनेका थिए, अहिले उनकै पहलमा अधिकारीलाई गभर्नर बनाउन लागिएको स्रोतको दावी छ ।

पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् । ‘भवितव्य भए अर्कै कुरा अन्यथा अबको गभर्नर अधिकारी नै हो’ प्रधानमन्त्री निकट स्रोतले मेरो लगानीसँग भन्यो ।

 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।