दुवै जना डेपुटी गभर्नर ‘रिङ आउट’, एउटा अधिकारी जाने अर्काे अधिकारी आउने !

Mar 24, 2025 10:55 AM mero lagani



अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्री केपी ओलीले नयाँ गभर्नर टुंगो लगाएका छन् । स्रोतका अनुसार नयाँ गभर्नर नियुक्तिको लागि हालका दुवैजना डेपुटी गभर्नरद्धय डा. निलम तिमल्सिना र बमबहादुर मिश्रसहितका विभिन्न व्यक्तिहरुले शक्ति केन्द्रहरुमा दौडधुप गरिरहे पनि उनीहरु ‘रिङ आउट’ हुन सक्ने देखिन्छ ।

स्रोतका अनुसार पौडेल र ओलीमात्र होइन, कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ गभर्नर कसलाई बनाउने भन्ने बारेमा सिफारिस समिति गठन हुनु अघि नै मोटामोटी सहमति भइसकेको थियो । त्यही सहमति अनुसार सिफारिस समितिले एकजना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्दैछ ।

सिफारिस समितिको संयोजकमा अर्थमन्त्री पौडेल तथा सदस्यहरुमा पूर्व गभर्नर विजयनाथ भट्राई र देउवा निकट अर्थशास्त्री विश्व पौडेल सदस्य रहेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार नयाँ गभर्नर पनि अधिकारी नै हुनेछन् । तर उनी महाप्रसाद नभएर प्राध्यापक डा. शिवराज अधिकारी हुन् ।

जो हाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् । पदीय हिसाबले गभर्नर भन्दा योजना आयोगको उपाध्यक्ष माथि भए पनि कार्यकारी महत्वको आधारमा गभर्नर पद महत्वपूर्ण मानिन्छ । यस अघि डा. युवराज खतिवडा पनि योजना आयोगको उपाध्यक्ष छोडेर गभर्नर बनेका थिए, अहिले उनकै पहलमा अधिकारीलाई गभर्नर बनाउन लागिएको स्रोतको दावी छ ।

पाल्पाका अधिकारीले त्रिवि अर्थशास्त्र विभागको प्रमुखको रुपमा काम गरिसकेका छन् । ‘भवितव्य भए अर्कै कुरा अन्यथा अबको गभर्नर अधिकारी नै हो’ प्रधानमन्त्री निकट स्रोतले मेरो लगानीसँग भन्यो ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।