झनै किन बढ्यो प्यानिक सेल ?

Mar 23, 2025 05:52 PM Merolagani



बजार आज झनै फराकिलो अंकले घटेको छ । पछिल्लो चरण घट्न सुरु भएको १३ औं कारोबार दिनमा बजार ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा झरेको छ ।

कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बजारमा ६ अर्ब २६ करोड रुपैयाँ भन्दा बढीको शेयर खरिद बिक्री भएको छ । निरन्तर एकोहोरो गतिमा घटेको बजारमा लगानीकर्ताको मनोभावना कमजोर भएको छ भने बजारमा प्यानिक सेल आएको छ ।

वास्तवमा बजार यसै कारणले घट्यो र घट्नु पर्ने थियो भन्ने जवाफ कुनै लगानीकर्तासँग पनि रहेको देखिँदैन । यद्यपि बजारले ओरालो गतिलाई निरन्ता दिँदै छ । मुलुकमा राजनीतिक आन्दोलन हुन सक्ने कुराले लगानीकर्ताहरु त्रसित भएका छन ।  राजतन्त्र पक्षधर र गणतन्त्रवादीहरुबीच थप द्वन्द्व बढ्न सक्ने र राजनीति अस्थिरता निम्तिने अनुमान लगानीकर्तामा छ । 

 




'हप्तामा दुई दिन बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्नुपर्छ'

May 26, 2026 12:59 PM

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले आईतवार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न सरकारलाई दबाब दिएका छन् ।