यसकारण एक दिनमै गयाे गोर्खाज फाइनान्सको सीईओको जागिर

Mar 24, 2025 05:16 PM mero lagani



गत चैत्र १० गते आइतबार गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र इवाहाङ नियुक्त भए । त्यही दिन बिहान बसेकाे सञ्चालक समिति बैठकले इवाहाङलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको जानकारी फाइनान्सले आइतबार नै नेप्से र नेपाल राष्ट्र बैंकमा पठायाे । तर राष्ट्र बैंकले फाइनान्सकाे पत्र पाउने वित्तिकै आइतबार नै सम्पुर्ण निर्णय खारेज गर्न आइतबार नै निर्देशन दियो ।

राष्ट्र बैंकको निर्देशनपछि आइतबार नै साँझ ४ बजे बसेको फाइनान्सकाे सञ्चालक समितिको बैठकले सीईओ नियुक्तिको निर्णय खारेज पनि गर्यो ।

यति छिटाे किन राष्ट्र बैंकले कारवाही गर्याे भन्ने प्रश्न उठ्न सक्छ। भएकाे के रहेछ भने, गत पुस २४-२५ गते राष्ट्र बैंकले फाइनान्समा विशेष अनुगमन गरेको थियो । साे अनुगमनकाे क्रममा पुस १४ गते नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत प्रकाश चन्द्र अधिकारीकाे नियुक्तिमा पनि कैफियत भेटियाे । आफ्नाे  नियुक्तिमा कैफियत भएकाे भन्ने केन्द्रीय बैंककाे निष्कर्ष पछि अधिकारी पदमा बस्न चाहेनन र राजीनामा दिए ।

फाइनान्समा यही पृष्ठभूमि अद्यावधि भइरहँदा  फाइनान्स व्यवस्थापनले पुसमै राजीनामा दिएका अधिकारीकाे राजीनामा बल्ल चैत्र ६ गते स्वीकृत गर्याे र नयाँ  प्रमुख कार्यकारी अधिकृतका रूपमा इवाहाङलाई भित्र्यायाे ।

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।