सुनको मूल्यमा निरन्तर तेस्राे दिन नयाँ रेकर्ड, कति पुग्यो मूल्य ?

Apr 13, 2025 10:52 AM Merolagani



चैत ३१ गते, आईतबार, २०८१ सालको अन्तिम दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । पछिल्ला तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउदै बढेको हो ।

यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।

यस दिन चाँदीको तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

 




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।