सुन तोलामै १७ सय घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

Jun 24, 2025 10:45 AM Merolagani



असार १० गते, मंगलबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारि गिरावट भएको छ । यस दिन सुन प्रतितोला एक हजार ७०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला दुई हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।




प्रभु इन्स्योरेन्सको बोनस घोषणा

Jun 23, 2025 10:23 AM

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।