नेप्से करिब स्थिर, कारोबार रकम भने घट्यो

Jun 24, 2025 03:20 PM Merolagani



मंगलबार नेप्से परिसूचक करिब स्थिर रहेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य अंक बढेर बन्द भएको नेप्से, यस दिन भने करिब स्थिर रहेको हो।

यस दिन नेप्से परिसूचक ०.२२ अंक घटेर २६००.५३ विन्दुमा बन्द भएकाे छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। सोमबार करिब साढे ६ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१६ स्टकको ६२ हजार ७५५ पटकको कारोबारमा ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजार रुपैयाँबराबरको १ करोड ३८ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य सर्वाधिक ८.०१ प्रतिशत बढेको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १०२ रुपैयाँ ५० पैसा बढेर १ हजार ३८१ रुपैयाँ ४७ पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन पावर पार्टनरको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ भने खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब ६ प्रतिशत बढेको छ। यस दिन १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को मूल्य सर्वाधिक ५.१७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन बुटवल पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड ६५ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनी र हिमालयन पावर पार्टनको करिब २४ करोडको शेयर किनबेच भएको छ। यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक ०.९८ प्रतिशत घटेको छ।




प्रभु इन्स्योरेन्सको बोनस घोषणा

Jun 23, 2025 10:23 AM

प्रभु इन्स्योरेन्स (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।