वाणिज्य बैंकहरुको ब्याजदर घट्यो

Jul 16, 2025 09:02 AM Merolagani



वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार वाणिज्य बैंकहरुको औषत ब्याजदर असारको तुलनामा घटेको छ।

असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.९०२ प्रतिशतविन्दु रहेकोमा अब साउनमा भने ५.६९७५ प्रतिशतविन्दुमा झरेको छ। असारको तुलनामा साउनमा यस्तो निक्षेपको औषत ब्याजदर ०.२०४५ प्रतिशतविन्दु घटेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.२६ प्रतिशतविन्दु घटेको छ।

२० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले असारको तुलनामा साउनमा ब्याजदर घटाएका छन्। जसमध्ये प्रभु बैंकले सर्वाधिक १.८५ प्रतिशतविन्दु ब्याजदर घटाएको छ। असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.१ प्रतिशतसम्म ब्याज दिइरहेको सो बैंकले साउनदेखि अधिकतममा ४.२५ प्रतिशत मात्र ब्याज दिने भएको छ। वाणिज्य बैंकहरुमध्ये यो ब्याजदर सबैभन्दा न्यून हो। व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज दिने बैंक भने स्ट्याडर्ड चार्टर्ड बैंक रहेको छ। सो बैंकले यस्तो निक्षेपमा अधिकतममा ६.२६ प्रतिशतसम्म ब्याज दिनेछ।

साउन महिनामा ४ बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैन।

निक्षेपको ब्याजदर सबैभन्दा बढी बढाउने बैंक भने हिमालयन बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधितकम ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्याएको छ भने संस्थागत मुद्दति निक्षेपको ब्याजदर ४ प्रतिशतबाट ५ प्रतिशत पुर्याएको छ।




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।