नेप्सेले 'अड लट' आदेश देखिने बनायो, तर टिएमएसमा अझै देखिँदैन, कहाँ देखिन्छ ?

Jul 17, 2025 01:57 PM merolagani



आम लगानीकर्ताको माग बमोजिम नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज २०८२ साउन १ देखि नेप्सेको वेबसाइटमा रहेको मार्केट डेप्थमा अड लट खरिद तथा विक्री आदेश देख्न सकिने बनाएको छ। 

यसबाट आफूसँग अड लट धितोपत्र हुँदा खरिदबिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो सम्बोधन भएको छ। तर नेप्सेले अनलाइन कारोबारको लागि उपलब्ध गराएको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस)मा भने उक्त खरिद बिक्री आदेश अझै देखिँदैन। अड लट कित्ता शेयर हुनेले पहिले नेप्सेको वेबसाइटमा गएर मार्केट डेप्थमा के कति मूल्यमा खरिद बिक्री आदेश छन्। त्यो हेर्नु पर्छ। अनि कारोबारको लागि टिएमएसमा गएर आदेश दाखिला गर्नु पर्ने छ। अनि मात्रै कारोबार हुने छ।

   

धितोपत्र कारोबार विनियमावली, २०७५ मा अड लट कारोबार सम्बन्धी व्यवस्था छ। यस अनुसार धितोपत्रको अंकित मूल्य रु १० भएमा १०० कित्ता, अंकित मूल्य रु १०० भएमा १० कित्ता र अंकित मूल्य रु १००० भएमा एक कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ। विनियमावलीले उल्लेखित भन्दा कम कित्ताको कारोबारलाई अड लट कारोबार भनेर परिभाषित गरेको छ ।

अड लट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिँदैन। बोर्ड लटमा भएको धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ।

 




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।