खराब कर्जा बढेपछि सिटिजन्स बैंकको नाफा सामान्य घट्यो

Aug 10, 2025 07:47 AM Merolagani



सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड (CZBIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०८ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि खराब कर्जा बढेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.२० प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १९.७४ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १५.१३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.३२ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ७२ करोडबाट बढेर २ अर्ब ६७ करोड पुगेको छ। जसका कारण खुद ब्याज आम्दानी बढेपनि सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १९ पैसा घटेर ८ रुपैयाँ ७६ पैसामा झरेको छ। असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २६.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ४२ पैसा रहेको छ। सो अवधिसम्ममा ७७ करोड ५४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ५ रुपैयाँ २५ पैसा रहेको छ।

१४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ८ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।