बजार घट्दा २ सय ५० रुपैयाँ भन्दा सस्तोमा कारोबार हुने यी हुन २० कम्पनी ?

Aug 31, 2025 06:01 PM MeroLagani



३ हजार पुगेर झरेको बजार अहिले झन्डै २ सय ५० अंकले घटेर २७ सय ५० को हाराहारीमा पुगेको छ। झन्डै अढाई सय अंकले बजार घट्दा नेप्सेमा सुचीकृत वाणिज्य बैंक र हाइड्रोपावर समूहको शेयर मूल्य एकदमै सस्तो मूल्यमा आएको छ।

नेप्से परिसूचकमा सबैभन्दा धेरै योगदान वाणिज्य बैंकको छ भने त्यसपछि धेरै योगदान दिने सेक्टर भनेको हाइड्रोपावर समूह हो । अहिले नेप्से साढे २७ सयको हाराहारीमा आउँदा सबैभन्दा सस्तो मूल्यमा पनि यी दुई समूहकै कम्पनीहरु आएका छन् । साढे दुई सय अंकले नेप्से घट्दा मेरो लगानीले साढे दुई सय मूल्य भन्दा तल रहेर कारोबार भएका २० वटा कम्पनीको सूची निकालेको छ, त्यसमा हाइड्रोपावर र वाणिज्य बैंक समूहका कम्पनी मात्रै रहेका छन् । सबैभन्दा सस्तो २० वटा कम्पनी छान्दा ११ वटा कम्पनी हाइड्रोपावर समूहको परेको छ ।

साढे २ सय अंक समग्र बजार मापक नेप्से परिसूचक घट्दा ५ वटा कम्पनी २ सय भन्दा मुनिको मूल्यमा कारोबार भएको छ । आइतबारको बजारमा हाइड्रोपावर समूहबाट ४ वटा र वाणिज्य बैंक समूहबाट १ वटा कम्पनीको शेयर २ सय भन्दा कमको मूल्यका कारोबार भयो । हाइड्रोपावर समूहबाट शिवश्री हाइड्रोपावर, अप्पर तामाकोशी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, बलेफी हाइड्रोपावर र वाणिज्य बैंक समूहबाट सबैभन्दा सस्तो बैंकको रुपमा कुमारी बैंकको शेयर २ सय रुपैयाँ भन्दा मुनिको मूल्यमा कारोबार भयो ।

पछिल्लो समय शेयर बजारमा कच्चा पदार्थको रुपमा मानिएको ऋणको व्याज दर एकदमै घटेर एकल विन्दुमा आए पनि त्यसले बजारलाई हल्लाउन सकेको छैन । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिसँगै केही हप्ता बढेर ३ हजारमाथि पुगेको बजार अहिले लगातार जसो घट्दो लयमा जान थालेको छ । बैकिङ प्रणालीमा पर्याप्त तरलता भएको र व्याज दरसमेत एकदमै घटेको बेला पछिल्लो उच्च विन्दुबाट धेरै घटेका सस्ता कम्पनीमा आँखा लगाउँदा राम्रो मुनाफा कमाउन सकिने एकथरी लगानीकर्ताहरु बताउने गर्दछन् भने अर्काथरी लगानीकर्ता भने अहिलेको समयमा राम्रो लाभांश दिन सक्ने कम्पनी एक्युमुलेसन गरेर बस्ने समय भएको बताउने गरेका छन् । लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा विभिन्न रणनीतिमा रहेर लगानी गर्ने गर्दछन् । यहाँ भने मेरो लगानीले आइतबारको बजार मूल्य अनुसार सबैभन्दा सस्तो २० कम्पनीको मूल्य सूची प्रस्तुत गरेको छ ।

चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कुमारी बैंक, हिमालयन बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल बैंकले वाणिज्य बैक समूहबाट लाभांश दिन नसक्ने अवस्था छन् । यी मध्ये कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंक मात्रै सबैभन्दा सस्तो शेयर मूल्य भएको २० वटा कम्पनीको सूचीमा परेको छ ।

तथ्यांक अनुसार वाणिज्य बैंक समूहबाट कुमारी बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र हिमालयन बैंकसँगै सिटिजन्स बैंक, प्रभु बैंक,लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आईएमई बैंक र एनएमबी बैैंक २ सय ५० रुपैयाँ भन्दा सस्तो शेयर मूल्य भएको २० वटा कम्पनी भित्र परेको छ ।

यता हाइड्रोपावरमा शिवश्री,अप्पर तामाकोशी, हिमाल दोलखा र बलेफीसँगै आँखुखोला जलविद्युत, नेसनल हाइड्रोपावर,घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास बकम्पनी, रिडी पावर, लिबर्टी इनर्जी खानीखोला हाइड्रोपावर २ सय ५० रुपैयाँ भन्दा मुनि कारोबार भएका २० कम्पनी भित्र परेका छन् ।

 




माछापुच्छ्रे बैंकद्वारा लाभांश घोषणा

Aug 29, 2025 06:52 PM

माछापुच्छ्रे बैंक लाभांश घोषणा गरेकाे छ । आज बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत लाभांश करसहित दिने प्रस्ताव गरेकाे छ ।