सबैभन्दा बढी कुन बिमालेख खरिद गर्न मन पराउँछन् नेपालीले, कुन बीमालेखबाट कति रकम संकलन गरे

Sep 07, 2025 10:33 AM Merolagani



नेपाल बीमा प्राधिकरणले सञ्चालन अनुमति प्रदान गरेका १४ पूर्ण जीवन बीमा कम्पनीहरु र ३ वटा लघु जीवन बीमा कम्पनीले चालु आवको साउन महिनासम्म २० अर्ब २ करोड ३ लाख रुपैयाँको बीमा लेख बिक्री गरेका छन् । जीवन बीमकले १० वटा विभिन्न शीर्षकमा बीमा लेख बिक्री गर्ने गरेका छन् ।


जीवन बीमा कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धिक सावधिक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, आजीवन जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, अन्य जीवन बीमा, लघु जीवन बीमा र म्यादी जीवन बीमा शीर्षकमा बीमालेख बिक्री गर्ने गरेका छन् । पहिलो महिनामा बीमा शुल्क संकलनका आधारमा सबैभन्दा धेरै रकम सावधिक जीवन बीमालेख बिक्रीबाट संकलन गरेका छन् । तथ्यांकअनुसार सावधिक जीवन बीमालेख बिक्रीबाट जीवन बीमा कम्पनीहरुले ७ अर्ब ६८ करोड १ लाख रुपैयाँ संकलन गरेका छ्न् जुन कुल बीमा शुल्क संकलनको ३८ दशमलब ३६ प्रतिशत हुन आउँछ ।

दोस्रो धेरै बीमा शुल्क संकलन अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख बिक्रीबाट ४ अर्ब ५९ करोड १० लाख बीमा शुल्क संकलन गरेका छन् । यो बीमालेख बिक्री कुल बीमा शुल्कको २२ दशमलब ९३ प्रतिशत हुन आउँछ ।

तेस्रो धेरै बीमा शुल्क संकलन बालबच्चा सम्बन्धि सावधिक जीवन बीमालेख बिक्रीबाट संकलन भएको छ । बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट ३ अर्ब २९ करोड ८५ लाखरुपैयाँ संकलन भएको छ जुन कुल बीमा शुल्क संकलनको १६ दशमलब ४८ प्रतिशत हो ।

चौथो बीमा शुल्क संकलन रुपान्तरित सावधिक जीवन बीमा बिक्रीबाट भएको छ । यो बीमा बिक्रीबाट २ अर्ब ५५ करोड ९२ लाख रुपैयाँ संकलन भएको छ जुन कुल संकलित बीमा शुल्कको १२ दशमलब ७८ प्रतिशत हो ।

एकल बीमा शुल्क जीवन बीमा, आजिवन जीवन बीमा, वैदेशिक रोजगार म्यादी जीवन बीमा, अन्य जीवन बीमा, लघु जीवन बीमा र म्यादी जीवन बीमा कुल बीमा शुल्कको १० प्रतिशतभन्दा कम हिस्सा छ । संकलित कुल बीमा शुल्कमा एकल बीमा शुल्क जीवन बीमाबाट २.१२ प्रतिशत, आजीवन जीवन बीमाबाट २.६३ प्रतिशत, वैदेशिक रोजगार म्यादी जीवन बीमाबाट १.४५ प्रतिशत, अन्य जीवन बीमाबाट १.५४ प्रतिशत, लघु जीवन बीमाबाट १.०५ प्रतिशत र म्यादी जीवन बीमाबाट ०.६६ प्रतिशत बीमा शुल्क संकलन भएको छ ।

सक्रिय बीमालेख संख्याको आधारमा भने सबैभन्दा धेरै बीमालेख लघु जीवन बीमा शीर्षकको बीमालेख बिक्री भएको छ । साउन महिनामा लघु जीवन बीमालेख ५२ लाख ९५ हजार ९८८ वटा जीवन बीमालेख बिक्री भएको छ जुन कुल बीमालेखको ३३.३४ प्रतिशत छ । दोस्रो धेरै जारी भएको बीमालेखमा म्यादी जीवन बीमालेख ३३ लाख ४३ हजार २ सय ३२ वटा रहेको छ जुन कुल जारी बीमालेखको २१ दशमलब ०४ प्रतिशत रहेको छ ।

वैदेशिक रोजगार जाँदा अनिवार्य रहेको वैदेशिक रोजगार म्यादी जीवन बीमालेख २६ लाख १९ हजार २ सय ३६ वटा बीमालेख बिक्री भएको छ जुन कुल बिक्री भएको बीमालेखको १६ दशमलब ४९ प्रतिशत हो ।

सबैभन्दा धेरै बीमा शुल्क संकलन भएको सावधिक जीवन बीमालेख भने साउन मसान्तसम्म २१ लाख ४३ हजार ७ सय ७८ वटा मात्रै बिक्री भएको छ जुन कुल बीमालेखको १३ दशमलब ४९ प्रतिशत हो ।

बालबच्चा सम्बन्धी सावधिक जीवन बीमा,रुपान्तरित सावधिक जीवन बीमा,अग्रिम भुक्तानी सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, अन्य जीवन बीमा र एकल बीमाशुल्क जीवन बीमा शीर्षकको बीमालेख बिक्रीको हिस्सा १० प्रतिशत भन्दा कम रहेको छ ।

कुन प्रदेशमा जीवन बीमाको व्यवसाय कस्तो ?

जीवन बीमा व्यवसायको ठूलो बजार बागमती प्रदेश देखिएको छ। अन्य प्रदेशको तुलनामा बागमतीबाट जीवन बीमकले धेरै व्यवसाय भित्र्याएको देखिन्छ। बीमकहरुले बागमती प्रदेशबाट मात्रै ८ अर्ब ३९ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यवसायको ४१.९४ प्रतिशत हिस्सा हो।

यसैगरी कम्पनीहरुले दोस्रो धेरै व्यापार लुम्बिनी प्रदेशबाट भित्र्याएका छन्। यो प्रदेशबाट कम्पनीहरुले ३ अर्ब ९ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १५.४६ प्रतिशत हिस्सा रहेको छ।

तेस्रो धेरै व्यापार कोशी प्रदेशमा रहेको देखिन्छ। कम्पनीहरुले कोशीबाट २ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो कुल व्यापारको १३.८६ प्रतिशत हिस्सा हो।

यसैगरी चालु आवको साउनसम्म जीवन बीमक कम्पनीहरुले गण्डकी प्रदेशबाट २ अर्ब १६ करोड १४ लाख रुपैयाँ, मधेश प्रदेशबाट १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ, सुदूरपश्चिम प्रदेशबाट १ अर्ब १५ करोड ३७ लाख रुपैयाँ र कर्णाली प्रदेशबाट ६२ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा गण्डकीको हिस्सा १०.८० प्रतिशत, मधेश प्रदेशको ९.०४ प्रतिशत, सुदूरपश्चिमको ५.७६ प्रतिशत र कर्णालीको ३.१३ प्रतिशत हिस्सा रहेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।