उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्टलघु उद्यमीहरूको प्रगतिको विवरण समृद्धिको मार्गमा, २०८२ पुस्तक विमोचन गरिएको थियो । उक्त कार्यक्रममा उत्कृष्ट लघुउद्यमी, मौद्रिक अर्थशास्त्र र ग्रामिण विकास विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक प्राप्त विद्यार्थीहरू र उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कृत गरिएको थियो ।
डा.हरिहरदेव पन्तको दशौं स्मृति दिवसको दिन “समृद्धिको मार्गमा २०८२” पुस्तक विमोचन नेपाल राष्ट्र बैंकमा पूर्व गभर्नर गणेशबहादुर थापा, सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष डा. रेवत बहादुर कार्की, निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हरि कृष्ण पन्त, निर्धन संस्थाका अध्यक्ष देवेन्द्रबहादुर राउत, निर्धन संस्थाका सञ्चालक प्रा. डा. फत्त बहादुर के.सी र डा. हरिहर देव पन्त फाउण्डेसनका अध्यक्ष जनार्दन देव पन्तले गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै डा. हरिहर देव पन्त फाउन्डेसनका अध्यक्ष जनार्दन देव पन्तले वि.स.२०४० को दशक तिर ५० प्रतिशत नेपालीहरू गरिबीको रेखामुनी रहेकोमा अहिले २० प्रतिशत रहेको तथ्याङ्क रहेको जानकारी दिदैँ वि.स.२०४९ देखि अनवरत रूपमा निर्धन उत्थानले गरिवीको रेखामुनि रहेका लक्षित वर्गलाई वित्तीय तथा गैर वित्तीय सेवा प्रदान गरी नयाँ लघुउद्यम सृजना वा संचालनमा रहेको लघुउद्यमको विस्तार मार्फत रोजगारी सृजना गर्न, लघुउद्यमीहरूको आम्दानी तथा क्षमता विकास गर्न सहयोग गरिरहेको जानकारी गराए ।
डा. हरिहर देव पन्तले नेपालमा पहिलोपटक शुरू गर्नु भएको कार्य अनुसन्धानात्मक कार्यको उपज हालको परिप्रेक्ष्यमा पनि अनुसरणयोग्य हुन पुग्यो जस्को ज्वलन्त उदाहरण हो नेपाल राज्य भरी लघुवित्तको कर्जा लिने सदस्यहरू करिब २७ लाख हुनु, त्यस्तै गरी कर्जा ४ खर्ब ९ अर्ब र वचत करिब २ खर्ब लक्षित समूहले परिचालन गर्न सक्नु नै डा.पन्तको शुरूवाती कार्यको उपलब्धी मान्दा अतिसयुक्ती नहने बताए । मुलुक भित्रनै हामी सबैको भविष्य सुरक्षित र सुनिश्चित हुनसक्छ भन्ने अवस्था ल्याउन हामी सबै लाग्नुपर्ने आवश्यकता रहेको समेत अध्यक्ष पन्तले बताए ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक भोलाराम श्रेष्ठले वित्तीय पहुँच र समावेशीकरणका लागि डा.पन्तको योगदान अतुलनिय रहेको साथै उनले नेपालमा वित्तीय सेवाको विकास र विस्तारका लागि लाभका पद र अवसर समेत त्याग गर्नुभएको स्मरण गरे । उनी सधै साहसिक निर्णयकर्ता, ईमान्दारका साथै गरिबहरूसँग निकटतम् रहि नीति निर्माणमा जोड दिने स्मरण गराए।
सोसाइटी अफ इकोनमिक जर्नलिष्ट नेपालका पूर्वअध्यक्ष गोकर्ण अवस्थीले शालीन, विरलै पाईने, दुरदर्शि व्यक्तित्व डा.पन्त प्रति हार्दिकश्रदाञ्जली व्यक्त गरे । उनी वित्तीय पहुँचको लागि प्रतिवद्ध रहेकोले उहाँलाई हामी कहिल्यै नबिर्सने बताए ।
नेपाल लघुवित्त बैङ्कर्स संघका पूर्व अध्यक्ष तथा छिमेक लघुवित्त वित्तीय संस्थाका अध्यक्ष रामचन्द्र जोशीले डा. पन्त नेपालका लघुवित्तका पिता रहेको र लघुवित्तको धेरै लाईसेन्स प्रति धेरै चिन्तित, व्यापारिकरणको विरोधी भएकाे बताए । उनी वास्तवमै गरिबीको न्यूनिकारणको उपाय लघुवित्त नै हो । साथै पत्रकारले हेरेर, बुझेर मात्रै लघुवित्तको बारेमा रिपोटिङ गर्न सुझाव दिए ।
नेपाल लघुवित्त बैङ्कर्स संघका पूर्व अध्यक्ष तथा एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाका अध्यक्ष प्रकाश राज शर्माले डा.साब आफ्नो लघुवित्तका गुरू रहेको, डा.साब गरिबको मान्छे भएकोले लघुवित्तले हालसम्म गरेको योगदान सबै डा.साब को योगदान भएको बताए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मुकेश दहालले डा. पन्तको बहुआयमिक व्यक्ति रहेको र उनले परिकल्पना बमोजिम कार्य गरिरहेको बताए ।
निर्धन संस्थाका सञ्चालक प्राध्यापक डा. फत्त बहादुर के. सी.ले डा. पन्त अझै पनि हाम्रा बीचमा नै भएकाे बताए । भौतिकरूपमा रहेको भए पथपर्दशक हुने र उनको आर्दशलाई शिरमा राखेर अगाडि बढे समस्या समाधान हुने बताए ।
सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष डा. रेवत बहादुर काकीले डा. पन्त नीति, नियम, स्वअनुशासन र गल्ती स्वीकार गर्ने महान व्यक्ति भएको स्मरण गरे ।C7#
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले १० वर्ष अगाडिसम्म लघुवित्तमा समस्या नभएको, डा. पन्तको निधनले लघुवित्तले अभिभभावक गुमाएको र उनी केही नभएका विपन्नको समस्या पहिचान गरेर वित्तीय सेवा दिने लघुवित्तबाटै गरिवी न्यूनीकरण भई उनी प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष हरिकृण पन्तले डा. पन्त एक मेघावी व्यक्ति भएकाे बताए। उनको व्यक्तित्व र कृतित्व जति व्याख्या गरे पनि कमी नै हुन्छ । हामी सबै एकजुट भएर डा. हरिहरदेव पन्तले जुज हामीलाई छोडेर जानु भएको लघुवित्त वित्तीय सेवाको नासोलाई बचाउनु पर्दछ । यहि नै डा. पन्तप्रति हार्दिक श्रद्धाञ्जली हुने बताए ।
डा. हरिहर देव पन्त लघुउद्यमशीलता पुरस्कारः
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर गणेशबहादुर थापाले बाग्मती प्रदेशकी उत्कृष्ट लघुउद्यमी-व्यवसायी मखमली कामीलाई डा. हरिहर देव पन्त लघुउद्यमशील पुरस्कार तथा सम्मान पत्र प्रदान गरे ।
डा. हरिहरदेव पन्त स्मृति दिवस कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाबाट बागमती प्रदेश अन्तर्गत छनौट भएकी काभ्रेकी सफल लघुउद्यमी मखमली कामीलाई डा. हरिहरदेव पन्त उत्कृष्ट लघुउद्यमी पुरस्कार २०८२ प्रदान गरे ।
सोही कायक्रममा आर्थिक क्षेत्रमा योगदान पुर्याउन विद्यार्थीहरूको मनोवल बृद्धि गरी हौसला प्रदान गर्न शैक्षिक सत्र सन् २०२०–२०२२ मा मौद्रिक अर्थशास्त्र विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने श्रीज्या काफ्लेलाई निर्धन संस्थाका अध्यक्ष देवेन्द्र बहादुर राउतले डा. हरिहर देव पन्त शैक्षिक उत्कृष्टता पुरस्कार र सम्मान पत्र प्रदान गरे।