सामाजिक सञ्जाल प्रतिबन्धको असर अटो क्षेत्रमा, चाडपर्व लक्षित प्रडक्टको प्रवर्द्धन र बिक्री गर्न असहज

Sep 08, 2025 06:10 AM merolagani



सरकारले फेसबुकलगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर अटो क्षेत्रमा परेको छ । 

दशैं, तिहारजस्ता चाडबाड नजिकिँएसँगै विभिन्न अटोक्षेत्रका कम्पनीहरुले आफ्ना प्रडक्ट र सवारीहरुको विज्ञापन, प्रवर्द्धन र बिक्री सामाजिक सञ्जाल फेसबुकलगायतका माध्यमबाट गर्दै आएका थिए ।

तर, सरकारले सामाजिक सञ्जाल प्रतिवन्ध गरेपछि भने अटो क्षेत्रका व्यवसायी निराश बनेका छन् । दशैंका बेला आफ्ना ग्राहकलाई नयाँ नयाँ सुविधा तथा अफरहरु सार्वजनिक गरेका थिए । आफ्ना ग्राहकसमक्ष प्रडक्टको बारेमा जानकारी र अफर, छुट तथा स्कीमका बारेमा समेत ग्राहक समक्ष सूचना तथा जानकारी पुर्याउन नसकिएको अटो व्यवसायीको भनाइ छ ।

अधिकांश अटो कम्पनीहरुले आ–आफ्नै फेसबुक पेज वा आधिकारीक सामाजिक सञ्जाल बनाएका छन् । आफ्ना सवारी तथा प्रडक्टका बारेमा कम्पनीहरुले तिनै फेसबुक पेजमार्फत ग्राहकसमक्ष जानकारी दिँदै आएका थिए ।

तर, फेसबुक प्रतिवन्ध पछि भने अटोमोबाइल क्षेत्रमा आएका नयाँ प्रडक्ट, अफर र सुविधाहरुका बारेमा आम ग्राहकलाई जानकारी दिन अप्ठ्यारो परिरहेको अटो व्यवसायीहरु बताउँछन् ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका पूर्वअध्यक्ष कृष्ण दुलाल सरकारले सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर अटो र आइटी क्षेत्रमा परेको बताउँछन् । ‘सरकारले फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रतिवन्ध लगाएसँगै त्यसको असर सबैतिर परेको छ । त्यसमध्ये अटोक्षेत्रमा पनि परेको छ,’ उनले भने, ‘अटो क्षेत्रमा भन्ने हो भने, चाडबाड अघि कम्पनीले नयाँ प्रडक्ट ल्याएको हुन्छ, ग्राहकलाई अफर र स्कीमका बारेमा जानकारी दिन सकिएको छैन् । बिक्री प्रवर्द्धन र विज्ञापन पनि सामाजिक सञ्जालमार्फत हुने हुँदा असर त परि नै हाल्ने भयो ।’

सामाजिक सञ्जालमाथिको प्रतिवन्ध सरकारले धेरै दिन गर्नै नहुने उनको भनाइ छ । ‘फेसबुकमाथिको प्रतिवन्ध धेरै दिन होला जस्तो त लाग्दैन् । हिजो आज त्यसको ठूलो प्रभाव परिसकेको छ ।’




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।