जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएको कफ्यू आदेशले उपत्यकाका विभिन्न स्थानहरु छ । यस्तो परिस्थितीमा धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयसम्म पुगी सेवा सञ्चालन गर्ने परिस्थिति नभएको स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जनाएको छ ।
यस्तो अवस्थामा सरकारबाट तत्कालै सुरक्षाको प्रत्याभूति सहित सो प्रदर्शन र सोबाट सिर्जित परिस्थिति साम्य नहुन्जेले धतोपत्र दलाल व्यवसायीहरुले सेवा प्रवाह गर्न कठिन देखिएको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण नियामक निकाय, बजार सञ्चालक, राफसाफ निकाय तथा लगानीकर्ताहरुलाई एशोसिएसनले जानकारी गराएको छ ।
साथै, एशोसिएसनले भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सम्पूर्ण नौजवान युवाहरु प्रति स्टक भावपुर्ण श्रद्धान्जली अर्पण गरेको छ । ‘सो प्रदर्शनका क्रममा घाइते भई उपचाररत सबै युवा प्रदर्शनकारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकार र अन्तरगतका प्रहरी तथा प्रशासनलाई प्रदर्शनका क्रममा संयमित भई प्रदर्शनकारीलाई ज्यान र सरकारी सम्पत्तिको सुरक्षाको प्रबन्ध मिलाउन समेत हार्दिक अपिल गर्दछ’ एशोसिएसनले भनेको छ ।