सुनको मूल्य घट्यो, चाँदी स्थिर

Sep 11, 2025 02:28 PM Merolagani



भदौ २६ गते, बिहीबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यसदिन सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको बजारमा सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यस दिन चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी बुधबारको बजारमा कायम मूल्यलाई नै आधार मानेर कारोबार भएको हो । आज चाँदी प्रतितोला दुई हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।