भत्केका भवन पुनः ठडाउने भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङकाे उद्घोष

Sep 12, 2025 12:03 PM merolagani



भाटभटेनी डिपार्टमेन्टल स्टोरका मालिक मीनबहादुर गुरुङले भत्केका भवन पुनः ठडाउने अठाेट गरेका छन् । आन्दोनलकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका संरचना बनाउने उनले उद्घोष गरेका हुन ।

उनले लेखेका छन्, ‘तपाईंहरुको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं ।’ हजारौं सहयोगी हातहरुले जलाइएका स्टोर सफा गर्न मद्दत गरेको र फेरि उठन शक्ति दिएकाले भाट भटेनी स्टोर पुनः उठ्ने उनले बताएका छन् ।

राजधानी र बाहिर गरेर एक दर्जन संख्याका स्टोर आन्दोनलकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका छन् ।