शेयर कारोबार असोज २ गतेसम्म बन्द रहने

Sep 12, 2025 03:39 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफ ९०(१,घ) बमोजिम धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भए अनुसार असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

 देशको विषम परिस्थितिका अझै सहज नभएको कारणले शेयर कारोबार बन्द गरेको नेप्सेले बताएको छ । अब असोज ५ गते आइतबार  मात्रै बजार खुल्नेछ। लगानीकर्ताहरु पनि कारोबार खुलाउने पक्षमा थिएनन । मुलुकमा यस्तो घटना घटेको छ । यस्तो बेला कुनै लगानीकर्ता शेयर कारोबार गर्न मनस्थितीमा छैनन । यस्तो बेला खोलिएको बजारले हानी  मात्रै गर्ने हुँदा बजार बन्दगर्नु नेप्सेको निणर्य सकारात्मक रहेको लगानीकर्ता छोटेलाल रौनियारले बताए ।