दशैंका नयाँ नोटको कसरी गर्ने जतन, नगरे के हुन्छ ?

Oct 03, 2025 06:21 PM merolagani



हामी दशैं भन्ने बित्तिकै नयाँ लुगा किन्ने, मिठो मसिना खाने, चङ्गा उडाउने, पिङ खेल्ने पर्वका रुपमा बुझ्छौं । अर्थात, यी कुराहरु भएनन् भने दशैं आएको महसुस नै हुँदैन् ।

दशैंका लागि भनेर गाउँ जानेहरुले विभिन्न काेसेली बोकेर गएका हुन्छन् । अझ नयाँ नोट बिनाको दशैं दशैं हुँदैन् । राष्ट्र बैंकले पनि हरेक वर्ष दशैं आउनुभन्दा २० दिन अघिदेखि नयाँ तथा सुकिलो नोट सटही गर्ने सुविधा दिँदै आएको छ ।

दशैंमा गरिने पूजाआजा र मान्यजनलाई दिने दक्षिणाका रुपमा पनि नयाँ नोटकै प्रयोग हुन्छ । दक्षिणा पाउनेहरुले पनि नयाँ नोट नै पाउने गर्छन् ।

तर, हामीहरुले बैंकबाट साटेका त्यस्ता नयाँ तथा सुकिला नोटहरुको त्यति धेरै जतन वा शुरक्षा गरेका हुँदैनौं । नयाँ तथा सुकिला नोटहरुको जतन नहुँदा त्यस्ता नोट च्यातिने, बिग्रिएर नचल्नेजस्ता समस्या तपाई हामीले भोग्दै आएका छौं ।

कसरी गर्ने नयाँ नोटको जतन ?

धेरैले नयाँ वा सुकिलो नोटको उपयोग राम्रोसँग गर्न नसक्दा स्वंयम तपाई हामीलाई नै नोक्सान हुने गर्छ । सकभर दशैंका बेला नयाँ नोटको प्रयोग शुरक्षित र जतनका साथ गर्नुपर्छ । दशैमा नयाँ नोटको जतन निम्नानुसार गर्न सकिन्छः

  • पूजा, पाठ गर्दा नोट च्यातिने, भिज्ने वा दाग लाग्ने गरी प्रयोग नगर्ने ।
  • चिटिक्क तह पारेर नयाँ नोट राख्ने, क्लिप, पालेस वा इलास्टिकले कडारुपमा च्यापेर नराख्ने ।
  • माला लगाउने, टिका र रङ लगाउने गरी नयाँ नोट नराख्ने, प्रयोग नगर्ने
  • सजिलै बोक्न सक्ने छुट्टै पर्स वा कागजी खोलमा दक्षिणा दिने ।
  • बालबच्चा र पाल्तु जनाबाटर नोटलाई टाढा राख्ने ।
  • दसैंको टिका, जमरासहितको थालीमा भरसक नयाँ नोट नराख्ने, छुट्टै थाली प्रयोग गर्ने इत्यादी ।

जतन नगरे के हुन्छ ?

नोट जानाजानी च्यात्ने, रंग हाल्ने, लेख्ने, केरमेट गर्ने, जलाउने, आधा मात्र प्रयोग गर्ने जस्ता गतिविधि गर्नुहुँदैन् । त्यसो गर्यो भने कानुनी अपराध मानिन्छ ।

नेपाल राष्ट्र बैंक ऐन २०२८ अनुसार नोटलाई नोक्सान पुर्याउने कार्य दण्डनीय हुन्छ । यस्तो अवस्थामा कसैले उजुरी वा जानकारी दिएको खण्डमा त्यस्तो व्यक्तिलाई जरिवाना वा कैदसम्मको सजाय हुन सक्छ ।

बैंकले बिग्रिएका वा आधाभन्दा बढी भाग हराएको नोट साट्न सुविधा दिन्छ तर, जानाजानी बिगारेको वा नक्कली नोट पाएको खण्डमा भने सटही गर्दैन र कारबाही नै गर्न सक्छ ।

यदि कुनै नोटको सतहको ५० प्रतिशतभन्दा बढी च्यातिएको वा नष्ट भएको छ भने राष्ट्र बैंकले उक्त नोट स्वीकार्न बाध्य हुँदैन् । जसले गर्दा स्वंय नोट बोक्ने व्यक्तिलाई नै घाटा हुन सक्छ ।

 

 

 




सुन र चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Sep 28, 2025 10:58 AM

असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।