सागर डिष्टिलरी,श्रीनगर एग्रीटेक इन्डष्ट्रिज र एसवाई प्यानल नेपालले सर्वसाधारणलाई शेयर जारी गर्न बोर्डबाट अनुमति पाएका हुन । उक्त,तीन कम्पनीहरुले ९९ लाख ४७ हजार ४८ कित्ता सर्वसाधारणमा शेयर जारी गर्ने अनुमति पाएका हुन ।
जसमध्येमा सागर डिष्टिलरीले सर्वसाधारणलाई शेयर जारी गरी दोस्रो बजारमा सूचिकृत हुने प्रकृयामा रहेको छ । डिष्टिलरी कम्पनीले ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन बाँडफाँड भइसेकको छ ।
श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा स्थानीय,विदेशमा रोजगारीमा रेहका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुलाई बाँडफाँड गरिसकेको छ । बाँकी रहेका २५ करोड १० लाख ४९ हजार ३०० रुपैयाँ बराबरको २५ लाख १० हजार ४९३ कित्ता शेयर असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ ।
त्यसैगरी,एसवाई प्यानल नेपालले पनि सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको छ । कम्पनीले ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जस अन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन भइसकेको छ । दशैँपछि कम्पनीले सर्वसाधारणको लागि पनि शेयर जारी गर्ने प्रकृयामा छ । गत आर्थिक वर्षमा स्वीकृत भएर सर्वसाधारलाई शेयर बिक्री गरिसकेका केही कम्पनीहरु सूचिकृत भएका छन भने केही सूचिकृत हुने प्रकृयामा नै रहेका छन् ।

आईपीओ पाइपलाईनमा
नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको स्वीकृती पर्खेका कम्पनीहरुको संख्या बढ्दो छ । बोर्डमा ३७ करोड ४५ लाख २० हजार ३३५ कित्ता शेयर निष्काशनको पखाईमा ७५ वटा कम्पनीहरु रहेका छन् । ती कम्पनीहरूले बोर्डको स्वीकृति पाएपछि सर्वसाधारणलाई शेयर बिक्री गर्ने छन् ।
जस मध्ये हाईड्रोपावर सेक्टरका धेरै छन् । हाईड्रोपावर समूहका ३७ कम्पनीका १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ता शेयर रहेका छन ।
त्यसैगरी उत्पादन तथा प्रशोधन समूहबाट १६ वटा कम्पनी पाईपलाइनमा रहेका छन । उक्त कम्पनीहरुले २७ अर्ब ४ करोड ४९ लाख १६ हजार ७२५ रुपैयाँ बराबरको १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता बिक्री गर्ने तयारीमा छन् ।
अन्य समूहका १० कम्पनीको बोर्डको पाइपलाइनका छन । उक्त कम्पनीहरुको तीन अर्ब ४३ करोड ८७ लाख ५ हजार ४०० रुपैयाँ बराबरको दुई करोड ७६ लाख ६५ हजार ५४ कित्ता शेयर निष्काशन हुने भएको हो ।
होटल तथा टुरिज्म सेक्टरका ४ कम्पनीका एक करोड ४२ लाख १० हजार कित्ता, लगानी समूहका ४ कम्पनीको एक करोड ८६ लाख ५० हजार कित्ता शेयर र माईक्रो इन्स्योरेन्सका ३ कम्पनीको ६७ लाख ५० कित्ता शेयर बोर्डको स्वीकृतिको पखाईमा पाइपलाइनमा रहेका छन् ।
सलपा विकास बैंकको १७ लाख २३ हजार ८८० कित्ता शेयर निष्काशनको लागि बोर्डको पाइपलाइनमा छ ।
हकप्रदः
दोस्रो बजारमा सूचिकृत भएर कारोबार हुँदै आएका ४ वटा कम्पनीले यस आर्थिक वर्षमा हकप्रद जारी गर्ने स्वीकृति पाएका छन्। जसमा शिवश्री हाईड्रोपावर,सिटी होटल,रिभर फल्स पावर र नारायणी विकास बैंकले हकप्रद जारी गर्न बोर्डको स्वीकृति पाएका हुन । ती कम्पनीहरुको तीन अर्ब ७७ करोड ८० लाख ६७ हजार ७०० रुपैयाँ बराबरको तीन करोड ७७ लाख ८० हजार ६७७ कित्ता हकप्रद शेयर जारी हुँदै छ । जसमा शिवश्री हाईड्रोपावर र सिटी होटलको हकप्रद निष्काशन भइरहेको छ ।
त्यसैगरी हकप्रद जारी गर्न ११ वटा कम्पनीले नेपाल धितो पत्रबोर्डमा आवेदन गरेका छन् । ती कम्पनीका एक करोड १५ लाख १३५ कित्ता हकप्रदका लागि पाइपलाइनमा छन् । ती कम्पनीहरूले बोर्डको स्वीकृति पाएपछि हकप्रद शेयर जारी गर्ने छन ।