तर आज (दशैँको टीका) कै दिन रोजगारीको लागि, व्यवसायिक काम र अन्य कामले विदेश जानुपर्नेहरुको पीडा फरक छ । रोजगारीको सिलसिलामा विदेश जानेहरु आज मनमा पीडा र गहभरी आँशु बोकेर त्रिभूवन विमानस्थल हुँदै विदेशिएका छन् । परिवार र आफ्ननो भविष्य बनाउनका लागि र अर्को दशैँ राम्रो बनाउनका लागि विदेश जाँदैछन् ।
