मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम आज पनि जारी

Oct 03, 2025 06:03 AM Merolagani



विजया दशमीको शुभसाइत सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ।

दशैंको टीकाको दोस्रो दिनका रूपमा आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ। कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने चलन छ भने कतिपय स्थानमा टीकाको दिन मात्र टीका लगाउने चलन छ।

आजको दिन पनि घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दुर्गालाई चढाई मान्यजनको हातबाट टीका, जमरा तथा आशीर्वाद लिने चलन पुरानै हो।असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजय भएको खुसियालीमा दशैं मनाउने चलन चलेको पौराणिक मान्यता छ।

यस्तै, हिन्दु तिथीको ११ औं दिनलाई एकादशी भन्ने गरिन्छ। यो दिन व्रत बस्ने, फलाहार मात्र सेवन गर्ने चलन छ।दुर्गा भवानीको अर्चना गरिएको नवरात्रपछि पर्ने यो एकादशीको नामअनुसार पाप गर्नेलाई नाश गर्ने एकादशीका रुपमा प्रख्यात छ।

 



सुन र चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Sep 28, 2025 10:58 AM

असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।