आइसिसी पुरूष टी-२० विश्वकप छनौटका लागि नेपाली टोलीको नाम सार्वजनिक

Oct 03, 2025 02:48 PM merolagani



 अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकप छनौटका लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, सन्दिप लामिछाने, कुशल भुर्तेल,करण केसी, कुशल मल्ल, सोमपाल कामी, नन्दन यादव, आदिल आलम, सन्दिप जोरा, ललित राजवंशी, गुलशन झा , आरिफ शेख र लोकेश बम छन्।

सुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। यो समूहबाट शीर्ष दुईमा परे सुपर-६ मा पुग्नेछ।

सुपर-६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा स्थान बनाउनेछ।

नेपाली टोलीले भर्खरै युएईको शारजाहमा भएको वेस्ट इन्डिजसँगको सिरिज जितेको छ। तीन खेलमध्ये दुईमा नेपाल विजयी भएको थियो। वेस्ट इन्डिज दुई पटक टी-२० विश्वकप विजेता रहिसकेको राष्ट्र हो।


वेस्ट इन्डिजसँगको सिरिज हात परेपछि नेपाली टोली युएईबाट विश्वकप छनौट खेल्न ओमान गएको हो।




सुन र चाँदीको मूल्यमा रेकर्ड ब्रेक, कति पुग्यो मूल्य ?

Sep 28, 2025 10:58 AM

असोज १२ गते, आईतबार,नेपाली बजारमा सुन र चाँदीको मूल्यले रेकर्ड ब्रेक गरेको छ । यस दिन सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी तोलामा ७० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको हो ।