सामसङ नेपालले ल्यायो ‘तिहारको मुड, सबै गुड’ अफर, भाग्यशाली बिजेताले पाउनेछन् क्यासब्याकसँगै थुप्रै उपहार

Oct 12, 2025 11:46 AM merolagani



सामसङ नेपालले आफ्नो बहुप्रतिक्षित तिहार क्याम्पेन ‘तिहारको मूड, सबै गुड’ घोषणा गरेको छ। 

यो अफरले ग्राहकहरूलाई आकर्षक छुट र रोमाञ्चक लक्कीड्रमार्फत साप्ताहिक तथा बम्पर पुरस्कार जित्ने अवसर प्रदान गर्दै तिहारलाई अझ विशेष बनाउने कम्पनीको विश्वास छ ।

यो अफर आश्विन २६ देखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरुमा लागू हुनेछ। यस अवधिमा ग्राहकहरूले सामसङका टिभी, फ्रिज र वाशिङ मेसिनमा आकर्षक छुटका साथ नयाँ भर्सनका उत्पादनहरू किन्न सक्नेछन्, जसले दीपहरुको यो पर्वलाई झनै उज्यालो बनाउनेछ।

ग्राहकले टीभी किन्दा ३५ प्रतिशत क्यासब्याक र ५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पाउनेछन् । त्यस्तै, फ्रिज किन्दा १९ प्रतिशत क्यासब्याक र ६ हजारसम्मको एक्सचेन्ज बोनस पाउनेछन् । त्यस्तै, वाशिङ मेसिन किन्ने ग्राहकले पनि २४ प्रतिशत क्यासब्याक र ७ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन् ।

साथै, सामसङले आफ्ना ग्राहकहरूका लागि आकर्षक साप्ताहिक र बम्पर पुरस्कारहरू पनि उपलब्ध गराएको छ। लक्की ड्रमार्फत भाग्यशाली बिजेता साप्ताहित र बम्पर पुरस्कार पाउनेछन् ।

जसमा टिभी खरिद गर्दा साप्ताहिक पुरस्कार साउन्डबार र ३५ लिटर बिस्पोक एआइ फ्रिज बम्पर पुरस्कार पाउन सक्नेछन् । त्यस्तै, फ्रिज खरिदन गर्ने साप्ताहिक उपहारमा २३ लिटर माइक्रोवेभ ओभन र बम्पर पुरस्कारमा ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, वाशिङ मेसिन खरिद गर्दा, साप्ताहिक बिजेताले २३ लिटर माइक्रोवेभ ओभन र बम्पर बिजेताले ६५ इन्चको यूएचडी टिभी प्राप्त गर्न सक्नेछन् ।

लक्कीड्रमा सहभागी हुने तरिकाः

ग्राहकहरूले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर एसएमएसमार्फत पठाएर भाग लिन सक्नेछन्।

१.सामसुङ सिरियल नम्बर लेखी ३५००१ मा पठाउनुहोस्

२. पठाएपछि तुरुन्तै एसएमएसमार्फत पुष्टि सन्देश प्राप्त हुनेछ।

३. विजेताहरूको घोषणा हरेक साताको अन्त्यमा सामसङ प्लाजा र बिग डिजिटलकाका फेसबुक तथा इन्स्टाग्राम पेजमा गरिनेछ।

त्यसैगरी, सामसङले इन्स्टाफाइनान्स सेवामार्फत ग्राहकहरूलाई शुन्य प्रतिशत ब्याजदरमा सजिलो इएमआइ विकल्प उपलब्ध गराएको छ। यसका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक हुनेछ। साथै, पुराना टिभी वा होम अप्लायन्सहरू एर्कोस्टोर वा नजिकको अधिकृत सामसङ स्टोरमार्फत साट्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ।




१९ कम्पनीले गरे लाभांश घोषणा, कुन कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

Oct 08, 2025 06:00 PM

साधारणतया आर्थिक वर्ष सकेपछिकाे पहिलो ६ महिना सूचीकृत कम्पनीहरुले आफ्नो गच्छेअनुसार लाभांश बाँड्ने समय हो । कम्पनीहरुले पुस मसान्त अगाडि नै साधारण सभा गर्ने हुँदा त्यस अगाडि चौथो त्रैमासिक वित्तीय विवरण विश्लेषण गरेर लगानी गर्ने गर्दछन् ।