शेयर बजारका लगानीकर्ताले वर्षाैंदेखि माग गर्दै आएका सुधारका काम अब हुँदैछन । तर पनि लगानीकर्तामा रौनकता देखिएको छैन । बजार प्रति लगानीकर्ताको विश्वास कमजोर भएको छ ।
सोमबारको बजार ४४.२५ अंकले बढेर २५४७.६० विन्दुमा पुगेको छ । यसदिन ४ अर्ब ९७ करोड ५४ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । आइतबारको बजारमा फराकिलो अंकको गिरावट भएको थियो । सोमबारको बजारमा केही सम्हालिने प्रयास गरेको छ । यद्यपि लगानीकर्ताहरु यो बढाईले निरन्तरता पाउने छ भन्नेमा आशावादी भएको पाइदैन ।
मुलुकमा देखिएको राजनीतिक अस्थिरताले लगानीकर्ताहरु डराएको अवस्था छ । मुलुक राजनीतिक मुडभेडमा जाने डरले लगानीकर्तमा डेरा जमाएको छ । त्यसैले ठूलो पैसा बजारमा आउन नसकेको लगानीकर्ताहरुको बुझाई छ ।
अहिलेको बजार बढ्नका लागि कार्यदलको सुझाव कार्यान्वयन नै पर्याप्त छ । परिमार्जित नीतिको असर विस्तारै देखिने हुँदा लगानीकर्ताले धैर्य गुमाउन नहुनेमा शेयर बिश्लेषककाे जोड रहेको छ ।