मेरो घरमा पैसा जलेको भिडियो फेक हो, तत्काल छानबिन होसः देउवा

Oct 14, 2025 04:32 PM merolagani



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले 'फेक भिडियो' बनाएर भ्रम फैलाइएको बताउँदै त्यसकाे निस्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा 'पैसा जलेको' भिडियोलाई फेक भएकाे बताउँदै त्यसकाे निस्पक्ष छानबिन गर्न आग्रह गरेका हुन् ।

"अहिले जुन भिडियो आएको छ, त्यो फेक हो । फेक भिडियो बनाएर मेरो खिलाफमा काम भएको कुरा अहिले सामाजिक सञ्जाल आइसकेको छ । अरू देशको भिडियो काटेर ल्याएर मेरोमा हालिदिएछ," उनले भने, "फेक भिडियो बनाएर मेरो चरित्रहत्या गर्ने काम भएको छ । यस सम्बन्धमा तत्काल छानबिन होस् ।"