शेयर बजार बढ्ला भनेर आशा गर्नेहरु निरास भएका छन् । नीतिगत सुधार हुन सुरु भएको छ । यसले बजारको विश्वास बढाउने अनुमान गरिएको थियो । तर बजारमा विपरित प्रतिकृयाहरु देखिएका छन् । जसले लगानीकर्ताहरु लगानी गर्न रुचाई रहेका छैनन् ।
सरकारले पूँजी बजार सुधारका लागि चालेका कदमको बजारमा प्रभाव परेकाे छैन । एक नासले घटेको बजारमा किन्ने भन्दा बिक्री गर्नेहरुले नै जितेको अवस्था छ । बजारमा जति लगानी गर्न ढिला गर्यो उति सस्तोदरमा शेयर पाउने अवस्था सिर्जना भएको छ । यसले पनि लगानीकर्ता उत्साहित भएर लगानी गर्न सकिरहेका छैनन ।
शेयर बजारमा अल्पकालीन लाभ मात्रै देखेर आउने लगानीकर्ताहरु धेरै भएको नेपाल शेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले बताए । बजारमा कारोबार अवधीमा नै बजार प्रभावित पार्ने गतिविधिहरु बढ्न थालेका छन् । यसले बजारलाई अझ धेरै अराजक बनाएको छ । कुनै लगानीकर्ताको स्वार्थ अनुसार नहुँदा अराजकता बढेको कँडेलको भनाइ छ । अर्कोतर्फ सम्बन्धित सरोकारवालाहरु मुकदर्शक भएर बसेकाे अवस्था छ । बजारलाई प्रभावित पार्ने गतिविधिलाई कानुनी दायरामा नल्याउँदा कानुनको लुप टेकेर गैर कानुनी गतिविधि गर्नेहरुको झनै मनोबल बढेको उनको भनाइ छ । सारोकारवालाको बजार विकासमा भएको ढिला सुस्ती र लगानीकर्ताको गतिबिधि हेर्दा शेयर बजारलाई धमिराले सक्दैछ भन्दै कँडेलले चिन्त्ता ब्यक्त गरे ।