मेयर शाहले मंगलबार आफ्नो सामाजिक सञ्जालमा एक कविता पोष्ट गरेका थिए । जसमा उनले किसानलाई फोहोरको संज्ञा दिएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको हो ।
महासंघले एक विज्ञप्ति जारी गर्दै मेयर शाहको अभिव्यक्तिको किसान समुदायलाई अपमानित गरेको, होच्याएको र उनीहरुको स्वाभिमानमा चोट पुगेको भन्दै भत्सना गरेको छ ।
महासंघले शाहलाई तत्काल आफ्नो स्टाटस हटाउन र किसानसमक्ष माफी माग्न समेत आग्रह गरेको छ ।