अन्तरराष्ट्रिय मुद्रा कोषले घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

Oct 15, 2025 08:37 AM Merolagani



अन्तरर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा हुने नेपालको आर्थिक वृद्धि सामान्य घटाएको छ।

आईएमएफको फ्ल्यागसिप प्रकाशन वर्ल्ड इकोनोमिक आउटलुकमा चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। यस अघि गत अप्रिलमा आईएमएफले नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

जेन जी आन्दोलनका कारण अर्थतन्त्रमा प्रभाव पर्ने भएकोले ५.५ प्रतिशत आर्थिक वृद्धि नहुने बताउँदै आईएमएफले ०.३ प्रतिशतविन्दुले प्रक्षेपण घटाएको हो। विश्व बैंकलेपनि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको थियो।

त्यस्तै, आईएमएफले विश्वव्यापी आर्थिक वृद्धिदर ३.२ प्रतिशत र अर्को वर्ष ३.१ प्रतिशत रहने अनुमान गरेको छ। यो नयाँ प्रक्षेपण गत वर्ष गरिएको भन्दा ०.२ प्रतिशतविन्दु कम हो भने गत अप्रिलको तुलनामा ०.४ प्रतिशतविन्दु बढी हो। गत अप्रिलमा संयुक्त राज्या अमेरिकाले घोषणा गरेको ट्यारिफका कारण विश्वव्यापी अर्थतन्त्र प्रभावित भएको आईएमएफको भनाइ छ।