यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्ने कम्पनीको दाबी छ ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले शाओमी १५ ठस् शक्ति, बुद्धिमत्ता र नवप्रर्वतनको संयोजक रहेको बताए । उनले भने “शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। लाइकासँगको सहकार्यले हामीले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौं। एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ।”
शाओमी १५टीमा तीनवटा लाइका क्यामरा छन् — ५० एमपी मुख्य क्यामरा (२३ एमएम), ५० एमपी टेलिफोटो क्यामरा २ एक्स अप्टिकल जुमसहित (४६ एमएम), र १२ एमपी अल्ट्रावाइड क्यामरा (१५ एमएम) ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ।
फोनको डिजाइन पातलो र आकर्षक छ।यसमा मुलायम किनार, म्याट फिनिश, र केवल ७.५ मिमि पातलो र १९४ ग्राम तौल छ, जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ।
यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ, र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ। फोनमा मेडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२GB LPDDR5X र्याम, र ५१२GB UFS 4.1 स्टोरेज दिइएको छ।
यो एन्ड्रोइड १५मा आधारित हाइपरओएस २मा चल्छ (हाइपरओएस ३ पनि चाँडै उपलब्ध हुनेछ)। साथै, यसमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ। फ्रन्टतर्फको ३२MP क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि सहयोग गर्छ। शाओमी १५टीमा ५५०० mAh ब्याट्री र ६७W हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ (चार्जरसहित)।
यसमा डुअल सिम, वाइफाइ ६E, ब्लुटुथ ६.०, मल्टीफङ्शनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन्।
नेपालमा शाओमी १५टी (१२GB+५१२GB) मोडेलको मूल्य रु. ६४,९९९ तोकिएको छ। यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध छ।