बोनसको कानुनी व्याख्याको लागि नेप्से सञ्चालक समितिले दायर गर्‍यो सर्वोच्चमा रिट

Oct 15, 2025 03:07 PM merolagani



कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्याको लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। समितिले दायर गरेको रिट सर्वोच्चले मङ्गलवार नै दर्ता गरेको हो। जसको सुनवाइ बुधवार(आज) भइरहेको छ।  

नेप्सेका कर्मचारीले पाउने बोनसका विषयमा लामो समय देखि विवाद छ। कर्मचारीले पाँच प्रतिशत बोनस पाउनुपर्ने माग गर्दै आएका छन्। तर, अर्थ मन्त्रालयले भने १ प्रतिशत मात्र दिन नेप्से सञ्चालक समितिलाई पत्र पठाउँदै आएको छ।

यसअघि कर्मचारीले नेप्से सञ्चालक समितिलाई विपक्षी बनाउँदै श्रम अदालतमा मुद्दा दायर गरेका थिए। दायर रिटमा श्रम अदालतले कर्मचारीको पक्षमा फैसला गरेको छ। सोही फैसलाको कानुनी व्याख्याको लागि नेप्से सञ्चालक समिति सर्वोच्च गएको हो।   

अब सर्वोच्चले नै कर्मचारीले पाउने बोनसका विषयमा कानुनी व्याख्या गर्ने छ। त्यस पछि बोनस विवाद टुङ्गिने छ। आजै बेलुकीसम्म सर्वोच्चले केही आदेश गर्ने सम्भावना छ।