बजार सुधार र विकासका लागि भएका सकारात्मक पक्षले पनि शेयर बजारकाे गिरावटलाई राेक्न सकेकाे छैन् । बैंकको ब्याजदर घटेको छ । तरलता छ । नीतिगत सहजता छ । समग्र अवस्था हेर्दा बजारमा लगानीकर्ताको लागि पर्याप्त वातावरण सिर्जना भएको छ । यद्यपि बजारले घट्दो क्रमलाई निरन्तरता दिएको छ । यस्तो अवस्थामा लगानीकर्तालाई बजार बढ्छ र नाफा हुन्छ भन्ने लाग्न छोडेको छ । दैनिक रुपमा सम्पत्ति क्षयीकरण भएपछि लगानीकर्ताको विश्वास पनि गुम्दै गएकाे छ ।
बजार निरन्तर घट्दा लगानीकर्ताले नाफा गर्न सकिरहेका छैनन् भने भएको शेयर जोगाउन पनि सकस भएको छ । त्यसैले धेरै लगानीकर्ताहरु नोक्सानीमा नै शेयर बिक्री गरेर बाहिरिने गरेका छन् । यस्तो बेलामा आत्तिएर शेयर बिक्री गर्न भन्दा कित्ता जोगानु पर्नेमा लगानीकर्ताहरुले जोड दिएका छ्न् ।