पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउने आदेश

Oct 15, 2025 06:16 PM merolagani



पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । बुधबार काठमाडौं जिल्ला अदालतले महरालाई थुनामा पठाउन आदेश दिएकाे हाे ।

 

भेपबाट सुन तस्करी गरेको आरोपमा महरा गत आइतबार (असोज २६ गते) निवासबाटै पक्राउ परेका थिए ।